पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश ! (भिडीयो)

केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ। धर्ती फाट्ने सो क्रम विस्तार हुँदै जाँदा राजधानी नैरोबी–नारोक राजमार्ग फाटेको छ। स्थिति भयावह हुनुको अर्को कारण के पनि छ भने सो क्षेत्रको सतहमुनि भूकम्प सक्रिय देखिएको छ।

केन्याको घटनापछि वैज्ञानिकदेखि सार्वसाधारणसम्म अफ्रिकी महादेशको भूखण्ड टुक्रिँदै छ भन्ने बहस भइरहेको छ। भूगर्वविद्का लागि अध्ययनको विल्कुलै नयाँ क्षेत्र थपिएको छ। हुन त पृथ्वी निरन्तर परिवर्तन भइरहने ग्रह हो। भूसतहमा भइरहने यी परिवर्तनबारे सामान्य मानिसले सरसर्ती हेर्दा खासै थाहा पाउँदैनन्।

पृथ्वीको थलमण्डल (पृथ्वीका तीन तहमध्ये सबैभन्दा माथिल्लो भाग) धेरै वटा टेक्टोनिक प्लेटमा विभाजित छ। ती प्लेटहरू स्थिर छैनन्। गतिशीलताका कारण स्थान सरिरहन्छन्। प्लेटहरुको त्यो गति भने फरक हुन्छ। काेही एक अर्कोसँग पौँठेजोरी खेलिरहेका हुन्छन् भने काेही एक अर्कोबाट छुट्टिँदै गएका हुन्छन्। जोडिने र छुट्टिने यो कार्य समान गतिमा भने हुँदैन। यो गतिविधि कुन प्रक्रियाबाट हुन्छ र कस्तो विषयले काम गर्छ भन्ने विषयमा वैज्ञानिकहरु एकमत छैनन्। सबै वैज्ञानिकले स्वीकारेको एउटा तथ्य के हो भने पुरानो टेक्टोनिक प्लेटभित्रै चिरा परेर नयाँ बन्ने गर्दछ।

अहिले पूर्वी अफ्रिकी देशमा देखिएको गतिविधि त्यही हो।

भिडियाे हेर्नुहाेस्:

(एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त