काठमाडाैं-दसैँकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेबाट सुरु भएको हो भन्ने तिथिमिति भन्न सक्दैनन् । यद्यपि, नेपालमा नोटको प्रचलन सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने चलनचल्ती बसेको हुन सक्ने उनीहरू बताउँछन् ।
नेपालमा नोट छाप्न सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन सुरु भएको हुन सक्ने संस्कृतविद् सह–प्रा.डा. जगमान गुरुङ बताउँछन् । ‘त्यतिवेला शासक तथा पहुँच भएकाहरूले नयाँ नोट प्रयोग गरे होलान्, त्यसपछि क्रमशः अरूले पनि प्रयोग गर्न थालेको हुन सक्छ,’ उनी भन्छन्, ‘अहिले दसैँमा नयाँ नोट साट्ने संस्कृति नै बनिसकेको छ ।’
दसैँमा नयाँ लुगा लगाउने, नयाँ खानेकुरा खाने, नयाँ वस्तुको खरिद तथा उपभोग गर्ने संस्कारसँगै नयाँ नोट प्रयोग गर्ने चलनको विकास भएको समाजशास्त्री टीकाराम गौतम बताउँछन् ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र