ट्वान्टी–२० विश्वकप छनोट : नेपाल ८ विकेटले विजयी

आईसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा बुधबार भएको आफ्नो पहिलो खेलमा म्यानमारालाई ८ विकेटले पराजित गरेको हो ।

safe_image

म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालका करण केसीले नटआउट १४ रन  र विनोद भण्डारीले नटआउट १ रन जोडे। करणले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे। विनोदले ३ बल मात्र खेले।म्यानमारका टेट वाई र पाइङ दानुले १९१ विकेट लिए । त्यसअघि म्यानमार १० ओभरमा २९ रन जोड्दै अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले २ ओभरमा ३ रन मात्र खर्चिए। यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए। उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए।

करण केसी र ललितसिंह भण्डारीले १९१ विकेट लिए । कप्तान लि अउङले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारले पछिल्लो ६ विकेट १२ बलको अन्तरमा गुमाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार