खेल सिलेटस्थित रंगशालामा नेपाली समयानुसार साँझ ६:४५ बजे हुनेछ । नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसपटक अघिल्लो वर्षको प्रतियोगिताभन्दा केही असहज हुने भएपनि टिमले उपाधिकै लागि खेल्ने बताएका छन् । ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो ।
प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिब तीन महिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताए । अघिल्लो संस्करणको च्याम्पियन बन्दा नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये २५ हजार डलमात्रै प्राप्त गरेपछि नेपालले पुरै पुरस्कार रकम नपाए प्रतियोगितामा सहभागिता नजाउने बताएको थियो ।
एन्फाले अल्टिमेटम दिएपछि बंगलादेश फुटबल फेडेरसनले तत्कालै पुरस्कारको रकम पुरा दिएपछि नेपालको बंगबन्धु सहभागिता निश्चित बनेको थियो । नेपालले अघिल्लो संस्करणमा च्याम्पियन बन्दा फाइनलमा बहराइनको यू–२३ टिमलाई ३–० ले पराजित गरेको थियो ।
फाइनलमा बिमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । तीनै खेलाडी अहिलेको टिममा पनि समावेश छन् । नेपाली टोली आइतबार बंगलादेश प्रस्थान गरेको हो ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार