लिभरपुललाई चेल्सीले हरायो

यस सिजनको पहिलो हार व्यहोरेको लिभरपुल काराबाओ कपबाट बाहिरिएको छ । चेल्सीले लिभरपुललाई २-१ गोलले पाखा लगाएको हो । गएराति भएको खेलमा लिभरपुलले उत्कृष्ट खेल खेलेतापनि चेल्सीलाई पराजित भने गर्न सकेन ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा अग्रता लिभरपुलले नै बनाएको थियो ।

livd

लिभरपुलका लागि ड्यानियल स्टरिजले खेलको ५९ औं मिनेटमा एक्रोव्याट्रिक गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, ७९ औं मिनेटमा चेल्सीका लागि एमर्सनले बराबरी गोल फर्काए ।

खेलको ८६ औ मिनेटमा स्टार खेलाडी इडिन हजार्डले उत्कृष्ट गोल गरे । एक्लै लिभरपुलका खेलाडीलाई छक्काउँदै उनले गोल गरे ।

यो हारसँगै यस सिजन लिभरपुलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । यो जितसँगै चेल्सी अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार