निर्मला हत्याकाण्डबारे सांसदको प्रश्न : रक्षकले नै भक्षकको भूमिका निभाइरहेका त छैनन् ?

 बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा चर्को विवाद र सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

samsad_sLoCjDixrA

संसदको सोमबारको बैठकमा सांसद अम्रिता अग्रहरीले सभामुखमार्फत निर्मलाको विषयमा गम्भीर ध्यानाकर्षण गराउनुका साथै यसको घोर भत्सर्ना समेत गरेकि छिन् ।

संसदमा उनले पुरुष प्रधान देशमा नारी अस्मिताको विषयमा सरकार गम्भीर नभएको भन्दै यसको घोर भत्सर्ना गरेकी हुन् । आफूले डेढ दुई महिनादेखि निर्मला हत्याकाण्डको विषयमा सुन्दै आएको बताइन् ।अझै सम्म कारबाही नहुनु दुर्भाग्य रहेको भन्दै उनले ‘लिखा परदेश किस्मतमे वतनका याद क्या कर्ना, जब बेदर्द हे मालिक वहाँ फरियाद क्या कर्ना !’ भनिन् ।

दुईमहिना देखि तमाम महिला तथा बालबालिकाहरुले हरेक कार्यक्रममा निर्मला हत्या काण्डको विषयमा आवाज उठाइरहेको उनले सुनाइन् । ‘किन्तु मैँले पहिले पनि भनिसकेकी छु हाम्रो सरकार अन्धो छ, बहिरो छ यो दुर्भाग्य हो, जुन देशका शासक यति कमजोर छन्, भने स्वतः त्यस देशको प्रशासक कमजोर हुन्छ नै ।’

उनले सरकारले इमान्दारीताको रुपमा यस हत्या काण्डको चिन्तन गर्नैपर्ने बताइन् । कहीँ यस्तो त होइन हाम्रो देशको रक्षकले नै भक्षक को भूमिका निभाइरहेका छन्, उनले आशंका व्यक्त गरिन् ।

‘अरु देशमा ४८ घण्टाभित्र अपराधीलाई कारबाही भइसक्छ तर विडम्बना हाम्रो देशमा डेढ महिना बितिसक्दा पनि हत्यारा खोज्न सकिरहेका छैनौँ । मलाई लाग्छ हामी बुझ पचाइरहेका छौँ ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो