बिमस्टेक सुरक्षाको फ्रन्टलाईनमा सेना, १८ हजार सुरक्षाकर्मी !

indian_securety_liCEg91ocd

भदौ १२,बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्दैछ ।

सम्मेलनस्थल होटल सोल्टीमा अहिले सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने राजधानी उपत्यकाको सुरक्षा ब्यवस्था सोमबार बिहानबाट कडा बनाइएको छ ।

नेपाल–भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस भन्ने हेतुले नेपाल भित्रिने मुख्य नाकामा समेत सुरक्षा निगरानी बढाइएको छ ।

सम्मेलन सुरक्षाको ‘फ्रन्ट लाइन’मा सेना खटिदैछ भने सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षा जिम्मेवारी समेत सम्हाल्दैछ । सुरक्षाको दोस्रो र तेस्रो घेरामा क्रमशः नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानको टोली परिचालन हुँदैछ ।

आवश्यकता अनुसार सेना सम्मेलन सुरक्षार्थ खटिएको बताउँदै सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भन्नुभयो–‘यस अघिका अन्तर्राष्ट्रिय सभा सम्मेलनको प्रमुख सुरक्षा नेपाली सेनाले गरेको थियो, यसपटक पनि विशिष्ट पाहुनाको मुख्य सुरक्षा सेनाले गर्दैछ ।’ विमस्टेकका लागि सेना कति खट्दैछ भन्ने संख्या यकिन नभएपनि करिव ५ हजारका हाराहारीमा सैनिक परिचालन हुने सैनिक मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष