
प्रम ओलीले भने, “जुँगा उखेल्न सक्ने, दाह्री भुत्लाउन मिल्ने यही सरकार छ । यो सरकारले जनताको अधिकारको लागि लडेको छ, लोकतन्त्रका लागि आफूलाई समर्पित गरेको छ, यसैसँग गुनासो हुन्छ । एउटा बालक एक्लै खेल्दा लड्यो भनेपनि आमालाई गएर पिट्छ किनभने आमाले केही गर्दिनन् ।” यस्तो उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सरकार अहिलेको अवस्थामा त्यही आमा जस्तै भएको दाबी गरे । देशमा शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा लिनका लागि सरकार दत्तचित्त रहेको र हिंसाको प्रवृत्ति फैलाउने, हिंसाको भाषा बोल्नेले हिंसात्मक विकृति ल्याउने तत्वलाई नियन्त्रण गरिने प्रम ओलीले बताए । नेपालको समाज एउटा सभ्यताको संवाहक भएको कारणले पनि हिंसालाई कुनैपनि रुपमा निर्मूल पार्नुपर्ने धारणा प्रमको थियो । पहिलेको समाज धेरै नैतिकवान र इमानदार भएको र धार्मिक भएकाले भगवानसँग डराउने कारणले शान्ति सुरक्षा सहज भएको तर अहिले आएर समाजमा धेरै हिंसा बढेको उनको धारणा थियो ।यो सरकार भ्रष्टाचारको विरोधमा रहेको पनि प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई बताए । आफूले कुनै पनि प्रकारको भ्रष्टाचार नसहने र यस विषयमा शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । आफ्नो वरिपरि कोही पनि भ्रष्टाचारी नरहेको र यसमा ढुक्क हुन पनि उनले सुझाए । “कोही भ्रष्टाचारी भयोभने थाहा भै हाल्छ । अत्तर दलेर आएपछि त्यसको वास्ना आफै फैलिन्छ । म यस्तो मन पराउँदिन भन्ने म सँग काम गर्ने मेरा सहकर्मीलाई जानकारी छ,” उनले स्पष्ट शब्दमा भने ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष