August 24, 2018

कञ्चनपुरमा फेरि चल्यो गोली: १३ वर्षीय बालकको मृत्यु, ४ जना घाइते

 
 

कञ्चनपुर, भदौ ८ ।कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागि एक बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाब दिन भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अन्दाजी १२–१३ वर्षीय बालकको मृत्यु भएको हो ।

प्रहरीले हानेको गोली बालकको छातीमै लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।  घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इम्बोस्ड नम्बर प्लेट स्वस्फूर्त क्रमशः जडान गरे हुने, तत्काल जरिवाना वा कारबाही नहुने

काठमाडौँ, भदौ ११ गते । असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनिए पनि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मदन भण्डारी फाउण्डेशन ओलीको वैचारिक यात्रासँग जोडिएको छ : ईश्वर पोखरेल

भदौ ५, २०८२, काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका