ऐतिहाँसिक चुनावबाट हामी यो अवस्थामा आएका छौं । हाम्रो प्राथमिकता भनेको नै विकास र समृद्धि हो । तर, विकास र समृद्धि प्रजातन्त्रको दायराभित्र भएर अघि बढाउँछौं भन्ने सन्देश दिनुपर्छ ।’ विमस्टेकलाई क्षेत्रिय संगठनमात्रै नभएर यसलाई अलिकति ठूलो बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘अलिकति हामीले भू–राजनीतिक अवस्थालाईपनि ध्यान दिएर विमस्टेकको क्षेत्र र दायरालाई बढाउनुपर्छ ।’ डा. भट्टराईले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई ‘रिभाईभ’ गर्नको लागिपनि विमस्टेकको यो चौथो शिखर सम्मेलनलाई उपयोग गर्नुपर्ने सुझाव दिए । उनले भने,‘विमस्टेक सार्कको विकल्प हुनै सक्दैन् ।’
त्यस्तै उनले विमस्टेकको यो शिखर सम्मेलनमार्फत नेपालले आफ्नो देशको प्राथमिकताहरु यी–यी हुन भनेर सार्वजनिक गर्न सक्नुपर्नेपनि धारणा राखे । उनले भने,‘यो सम्मेलनमार्फत नेपालले आफ्ना प्राथमिकताहरुसमेत सार्वजनिक गर्नुपर्छ । हाम्रा प्राथमिकताहरु हामीले यो हो भन्न सक्नुपर्छ ।’ नेपाल सरकारले विमस्टेक क्षेत्रका घट्नाहरुको सही विश्लेषण गर्न सक्नुपर्नेपनि उनको सुझाव छ । विमस्टेकको चौथो शिखर सम्मेलनको थिम अनुसार अबका कार्यक्रम र गतिविधिहरु अघि बढाउनुपर्नेपनि भट्टराईको भनाई छ । उनले भने,‘विमस्टेकका सदस्य राष्ट्रहरुबीच यो साझा विषय भनेको बुद्धिज्म नै हो । यो विषय सन् २०१४ मा म्यानमारमा सम्मेलन हुँदा तत्कालिन् प्रधानमन्त्री सुशील कोइरालालेनै बुद्धिष्ट सर्किटको प्रस्ताव अघि सार्नुभएको हो। यसको साथै हामीले विश्व सम्पदाहरुलाई पनि अझै व्यापक प्रर्वद्धन गर्नुपर्ने छ।’
जतिसुकै मतभिन्नताहरु भएपनि लोकतान्त्रिक प्रक्रिया र विधि अनुसार आपसी अविश्वासलाई हटाउनुपर्ने बताउँदै यो कुरा विमस्टेकको यो शिखर सम्मेलनमा काठमाडौं घोषणापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने डा. भट्टराईको सुझाव छ ।
उनले भने,‘हामीले ईनवार्ड लुकिङभन्दापनि क्षेत्रिय संगठन भनेको पनि अन्तर्राष्ट्रिय कोअपरेशनभित्रै पर्छ भन्ने हिसावले अघि बढ्नुपर्छ । कुटनीतिमा समय, सन्दर्भ, शब्द र स्थानको ठूलो महत्व हुन्छ । हामीलेपनि यी कुराहरुलाई विशेष ध्यान दिनुपर्छ ।’ नेपालले आफ्नो राष्ट्रिय अडान यो भनेर प्रस्तुत हुनुपर्ने उनको भनाई छ । नेपालले आतंकवादविरुद्ध निन्दामात्रै गरेर नहुने बताउँदै उनले भने,‘यस सम्बन्धमा ईमानदार सहकार्यको सुरुवातपनि गर्नुपर्छ ।’ त्यस्तै विमस्टेकमा पर्यटन र कनेक्टिभिटीलाई बढि जोड दिनुपर्नेपनि उनको भनाई छ । भट्टराईले भने,‘पर्यटन र कनेक्टिभिटी भनेको त यो क्षेत्रका जनताको लाईफलाईन नै हो ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. डिल्लीराज खनालले समयको हिसाबलेपनि विमस्टेक शिखर सम्मेलन नेपालको लागि अतिनै महत्वपूर्ण रहेको बताएका छन् । खनालले भने,‘अहिले नेपालको लागि समय र सन्दर्भको हिसाबलेपनि विमस्टेक शिखर सम्मेलन अतिनै महत्वपूर्ण छ । यो हाम्रो लागि राम्रो अवसरपनि हो । हामीले यो अवसरलाई राष्ट्रको हितमा उपयोग गर्नुपर्छ ।सार्वजनिक खर्च पूनरावलोकन आयोगका संयोजक समेत रहेका खनालले यो सम्मेलनमार्फत नेपालले हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा अघि बढ्दैछौं भन्ने सन्देश पनि दिनुपर्ने बताए । उनले भने,‘विमस्टेकले तय गरेका विभिन्न १४ वटा प्राथमिकताका क्षेत्र र विषयहरुमा हामीले मुलतः व्यापार, उर्जा, कृषि, प्रविधि र गरिवी निवारणमा हामी अधिकतम केन्द्रित हुनुपर्छ । यसपटकको सम्मेलनमार्फत हामीले यही सन्देश दिन सक्नुपर्छ । हामीले खास खास विषयहरु पहिल्याउनुपर्छ, जसले सबैको विन विनको अवस्था होस्।’
त्यस्तै उनले लगानी भित्र्याउनको लागि यो सम्मेलनको सही सदुपयोग गर्नुपर्ने सुझाव दिए । उनले भने,‘वितगमा भएका सम्मेलनका निर्णयहरु कार्यान्वयन गर्नतर्फ समेत यो सम्मेलनले जोड दिनुपर्छ । सबै सम्मेलनका निर्णयहरु कार्यान्वयन हुने वातारण बनाउनुपर्छ ।’
विमस्टेक र सार्कलाई समानान्तर रुपमा अघि बढाउनुपर्ने उनको धारणा छ । खनालले भने,‘सार्कलाईपनि अब त्यही ढंगले सक्रि बनाउनुपर्छ । पाकिस्तानमा नयाँ प्रधानमन्त्री आउनुभएको छ । अब सार्कलाई एक्टिभ बनाउनतिर सोच्नुपर्छ ।’ विमस्टेक सम्मेलनले खाली कस्मेटिक हिसाबले नभएर कार्यान्वयनमा जाने खालका निर्णयहरु गर्नुपर्ने खनालको भनाई छ । उनले भने,‘बरु विशिष्ट संरचनाहरुको आवश्यक परे, त्योपनि बनाउनुपर्छ ।’
नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाले यो १४ वर्षको ईतिहासमा विमस्टेकले खासै प्रगति नगरेपनि अहिले आएर गति लिएको बताउँदै अब यो गतिमा ब्रेक लाग्न नहुने धारणा राखे ।उनले भने,‘ठूला राष्ट्रहरुको रणनैतिक स्वार्थका कारण यो त्यति राम्रोसँग अघि बढ्न सकेन । अहिले यसले गति लिएको छ । अब यो गतिमा कुनै ब्रेक नलागोस्।’ विमस्टेकको सुरुवातदेखि अहिलेसम्म आईपुग्दा ६, ८ हुँदै १४ वटा सहयोगका क्षेत्रहरु पहिल्याएको बताउँदै उनले भने,‘धेरै क्षेत्रहरु हुँदा ध्यान विकेन्द्रिकरण भयो । फोकस्ड क्षेत्रहरु नहुँदा उपलब्धिहरु कम हाँसिल भए । अब उपलब्धिहरु हाँसिल गर्नेगरि क्षेत्रहरुपनि अब कन्सोलिडेट गर्नुपर्छ ।’
वस्तु व्यापारसम्बन्धी सम्झौता सन् २००५ मै भएपनि अहिलेसम्म यसबारेमा खासै प्रगति नभएको उनको गुनासो छ । उनले भने,‘सम्झौता भएका कुरा र सम्मेलनले जाहेर गरेका प्रतिबद्धताहरु कार्यान्वयन हुनुपर्छ । कार्यान्वनय पक्षमा अब जोड दिनुपर्छ ।’नेपाल र भुटानजस्तो भुपरिवेष्ठित देशको लागि हाईडा«े नै प्रमुख क्षेत्र हुने बताउँदै उनले भने,‘ईनर्जीमा कोअपरेशन हुनुपर्छ । भारतमा कोल छ । बंगलादेशमा ग्याँस छ । त्यसैले ईनर्जी कोअपरेशनलाई बढि जोड दिनुपर्छ ।’ त्यस्तै जनता जनताबीचको सम्बन्धलाई अघि बढाउनको लागि पनि पर्यटन विकासमा जोड दिनुपर्ने उनको अर्को सुझाव छ। ओझाले भने,‘बुद्धिष्ट सर्किटको विषयलाई अब जोडतोडका साथ उठाउनुपर्छ । यस विषयमा यो सम्मेलनमार्फत ठोस कामको थालनी गर्नुपर्छ ।’ त्यस्तै सम्मेनलमा कनेक्टिभिटी, सेवाका क्षेत्र र लगानीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र