नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता बिपी कोइरालाले मेलमिलापको नीति नलिएको भए आफू अहिलेसम्म पनि काँग्रेसी रहने बताएका छन् ।
२०३० सालको विमान अपहरण काण्डका प्रमुख पात्र दुर्गा सुवेदीको कृति ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’बारे राजधानीमा शनिबार गरिएको अन्तरसंवादमा पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले मेलमिलापको नीति नै काँग्रेस नबन्नुको कारक रहेको बताए ।
उनले राजसंस्थाको अन्त्य गरी गणतन्त्र ल्याएमा मात्र देशको विकास हुने सोचेर भारतमा आन्दोलन गरिरहँदा बिपीले के कारणले मेलमिलापको नीति लिए भन्ने कुरा अझै बुझ्न नसकेको बताए । ‘म उहाँसँग वैचारिक रुपमा सहमत हुन नसकेपनि उहाँ मलाई माया गर्नुहुन्थ्यो । उहाँले मेलमिलापको नीति अवलम्बन गरेर नेपाल नफर्किएको भए म त्यही समयमा काँग्रेस भइसक्थे । तर उहाँको एउटा निर्णयले मेरो योजना रोकियो,’डा. भट्टराईले भने ।
उनले यो पुस्तकले पनि आफ्नो जिज्ञाषा भने मेट्न नसकेको बताए । उनले भने,‘यो पुस्तक विशिष्ट प्रकृतिको छ । पुस्तक पढेपछि पनि केही विषय अझै मेरा लागि अनुत्तरित छन्। बिपी किन नेपाल फर्किए भन्ने प्रश्नको उत्तर यो पुस्तक पढ्दा पनि मैले पाउन सकेको छैन् । तर नेपाल फर्किएर पनि बिपीले देशका विरुद्ध भने कुनै सम्झौता गर्नुभएन ।’
डा. भट्टराईले पुस्तकमा लेखक सुवेदीले आफूले जेलमा भोगेको पीडा, पार्टीका नेताबीचको असमझदारी पढ्दा आफ्नै जस्तो भोगाई पाएको बताए । ‘मैले पुस्तक पढ्दा जनयुद्धताकाको भोगाई सम्झिएँ । हामी त्यो समयमा जीवनको एउटा नयाँ मोडमा उभिएका थियौं,’उनले भने,‘यो पुस्तक पढ्दा मैले दुर्गाजीको जीवनलाई पनि त्यही रुपमा पाएँ । दुर्गाजीले इतिहास बनाउन र इतिहास लेख्न दुवै भूमिका निभाउनु भएको छ । जुन आफैमा ऐतिहासिक हो ।’
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली