‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नारासहित सुरु भएको बाल विवाहविरुद्धको सय दिने सञ्चार अभियान आज सम्पन्न भएको छ । गत वैैशाख २३ गतेदेखि सुरु भएको अभियानमा मुलुकभरका ३ सय भन्दा बढि सामुदायिक रेडियो सहभागी भएका थिए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), सीआईएन र वल्र्डभिजन इन्टरनेशनल नेपालबीचको सहकार्यमा अभियान सुरु गरिएको थियो । काठमाडौँमा आज भएको एक कार्यक्रमका बीच अभियान समापन भएको घोषणा गरिएको हो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले बालविवाह विरुद्धको ५ वर्षे अभियान सामाजिक रुपान्तरणको अभियान भएको बताउनुभयो । उहाँले बालविवाहमुक्त नेपाल बनाउनु नै सामुदायिक रेडियोको मुख्य उद्देश्य भएको बताउनुभयो । वल्र्डभिजन इन्टरनेशनलका निर्देशक पुस्कर खातीले बालविवाह विरुद्धको अभियान सञ्चाल गरेर आफूहरूले सरकारसँग हातेमालो गरेर योगदान पु¥याएको बताउनुभयो ।
अभियानको क्रममा बालविवाह विरुद्ध राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसददेखी शिक्षक, विद्यार्थी र सर्वसाधारण गरी ११ हजारभन्दा बढी व्यक्तिको प्रतिबद्धतासंकलन गरि प्रसारण गरिएको थियो ।प्रतिबद्धता जनाउने सबैले आफ्नो क्षेत्रबाट बालविवाह रोक्ने, कानुन निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।
सीआईएनको संयोजनमा ११ हजार व्यक्तिको प्रतिवद्धता संकलन प्रसारण गरिएको थियो । अभियानले धेरै मानिसको सोचमा परिवर्तन गर्न सहयोग पु¥याएको रसीआईएनले एउटै बिषयमा ११ हजार मानिससँग भेटेर सय दिन भित्र अन्तवार्ता लिएर प्रसारण गरि एसियामै नयाँ रेकर्ड कायम गरेकोसीआईएनका प्रमुख दीपक आचार्यले बताउनुभयो ।
यसैवीच एक वर्षअघि सुरु भएको बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौँ’ भन्ने नारासहितको ५ वर्षे राष्ट्रिय अभियानको पनि आज एक वर्ष पूरा भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र वल्र्डभिजन इन्टरनेशनलको सहकार्यमा पाँच वर्षे अभियान अझै ४ वर्षसम्म चल्नेछ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन