काठमाडौँ, साउन २८ । आज दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा दिउँसो पूर्व र मध्यका ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।
हिजो साँझदेखि नै मौसम बदली रहेको थियो । काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै पश्चिमका केही ठाउँमा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । सोमबार रातिको मौसम पनि देशभर बदली हुने र पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
काठमाडौँ उपत्यकामा सोमबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार आइतबार रातभरमा ६२.५ मिलिलिटर पानी परेको छ भने मंगलबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । बुधबारदेखि भने मौसममा केही सुधार आउने छ ।
देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । नदी, खोला तथा खहरेको आसपासका बस्ती र डुबानको जोखिममा रहेको क्षेत्रबा बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन