प्रधानमन्त्रीलाई डा. केसीले भने– ‘सहमती कार्यान्वयन नभए फेरि अनशन बस्छु’

काठमाडौँ, साउन २६ । डा. गोविन्द केसी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा डा. केसी र प्रधानमन्त्री ओलीबीच चिकित्सा शिक्षा सम्झौताबारे छलफल भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न उनी वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा डा. गोविन्द केसीले प्रधानमन्त्रीलाई सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक नआए १६ औँ पटक पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिँदै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव समेत गरेका छन् ।प्रधानमन्त्री ओलीले सरकार र केसीबीच भएको सहमति कार्यान्वयन गर्ने आश्वासन दिएको बताइएको छ ।डा. गोविन्द केसीको लामो अनशनपछि सरकार र केसीबीच गत साउन १० गते चिकित्सा शिक्षा सम्बन्धि सम्झौता उनले २७ दिन लामो अनशन तोडेका थिए । तर सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएका बेला डा. केसी र प्रधानमन्त्रीबिच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए