सांसद चौधरीले प्रधानमन्त्रीसँग मागे अर्थमन्त्रीको राजीनामा

Kp-oli1IMG_20180810_215057२५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमनी चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका हुन् ।   जनताको भावना नबुझ्ने, पार्टी र संगठन बारे भुत्ते कर्मचारी अर्थमन्त्री भएको  कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले हटाउन माग गरेका हुन् ।‘अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ’ प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा उनले भने ।

‘चुनाव अगाडि र पछाडि नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण आशा र अपेक्षा निराशामा परिणत भएको छ’ उनले बैठकमा आफूले राखेको धारणाबारे अनलाइनखबरसँग भने ‘अहिलेको अर्थमन्त्रीबाट कुनै गुञ्जायस छैन, चेञ्ज गरेर जानुपर्छ ।’

बैठकमा अन्य सांसदहरुले पनि बजेटबारे गुनासो गरे पनि राजीनामा भने मागेका थिएनन् । ‘अरुले सांकेतिक रुपमा राख्नुभयो, मैले सिधै भनेँ’ सांसद चौधरीले अनलाइनखबरसँग भने ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ दिएनन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताए । प्रधानमन्त्री ओलीले आगामी वर्षमा यसलाई सच्याएर जाने आश्वासन पनि दिए । ‘प्रधानमन्त्रीले आगामी वर्ष बजेट सच्याउने बताउनुभयो, राजीनामाबारे केही बोल्नुभएन’ उनले भने ।

सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूणर्ा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको काम-कारबाहीका साथै यो आर्थिक वर्षको वजेटका विषयमा धारणा राखेका थिए ।

उनीहरुले बाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । ‘हामीले सरकारले गरेका राम्रा र नराम्रा कामहरुबारे समीक्षा गर्‍यौं’ सांसद हिरामणि केसीले भने ।

प्रधानमन्त्री ओलीले सबैभन्दा बढी  पार्टी भित्र र बाहिर बाट आलोचना यी अर्थमन्त्रीका गतिविधिले खेप्नुपरेको र अब उनको उचित सेफल्यान्डीङ गर्नुपर्ने मानसिक तयारीमा प्रधानमन्त्रीको होमवर्क रहेको  बालुवाटार श्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय