आज बुधबार चलेको राष्ट्रिय सभा बैठकमा घुस प्रकरणले चर्चा पाएको छ । सरकारी राहत र अनुदानमा खुलेआम घुसखोरी भएको उल्लेख मात्रै भएन, घुस खानेको नामै किटेर कारवाहीको माग गरिएको छ ।राष्ट्रिय सभा सांसद चक्रप्रसाद स्नेहीले दलित हलियाहरूका नाममा सरकारबाट आएको राहत र अनुदान रकममा ३ करोड ३८ लाख घुस खाएर रकम हिनामिना भएको दावी गरे । उनले राष्ट्रिय सभा अध्यक्ष मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै घुस खानेहरूलाई बयान लिएर छाड्ने तयारी भएको भन्दै त्यसो नगर्न र कडा भन्दा कडा कारवाही गर्न उनले माग गरे ।
स्नेहीले घुस खानेको नामै किटान गरेका छन् । उनले घुस खाएको प्रमाणहरू पनि फेला परेको र घुस्याहहरूले केही रकम फिर्ता समेत गरेको उल्लेख गरेर विवरण बताउँदा सांसदहरूले निकै ध्यानपूर्वक सुनेका थिए । को को हुन् घुस खाने उनकै मुखबाट सुन्नुहोस् । भिडियोः
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र