
काठमाडौँ, साउन २१ । आज (सोमबार) दिउँसो र राति देशैभर मध्यम वर्षाको सम्भावना रहेको हुँदा देशभरका नदीहरुको बहाव बढ्ने भएकोले बाढी पूर्वानुमान शाखाले सतर्क रहन अनुरोध गरेको छ ।
देशैभर मध्यम बर्षाको सम्भावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानूमान शाखाले अनुमान गरेको छ ।
कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउँसो सम्म सतर्कता आसपास हुने सम्भावना छ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहौं, पूर्वानुमान शाखाले भनेको छ ।
बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको अनुमान छ ।
काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेका कारण होचो क्षेत्रमा डुबान हुने सम्भावना भएकोले सतर्क रहन बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बागमती तराइको क्षेत्रमा दिउसो २ बजे तिर सतर्कता तह नजिक पुग्न सक्ने अनुमान छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन