August 2, 2018

सांसद पालको घाँटी अठ्याएर पेस्तोल तेर्स्याएर  आक्रमण :  संसदीय सुुनुवाइ समितिको निन्दा ! 

रासस

काठमाडौँ, १७  साउन : संसदीय सुुनुवाइ समितिको साउन १६ गतेको बैठकले साउन १५ गते मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । 

समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरुको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताए  । समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि साउन १६ गते नै  सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ ।

यसरी भयो ममाथि आक्रमण : सांसद पाल 

सांसद निरुदेवी पालमाथि साउन १५ गते मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो । सांसद पालले भनिन्, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेर्स्याएर  मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु ।” साउन १५ गते मंगलबारको घटनाबारे रासससँग कुरा गर्दै उनले भनिन् , “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन/चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन ।”

घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराएकी  थिइन्  । संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भन्नुभएपछि आफूले परिवारका सदस्यलाई पनि भनिन्  ।साउन १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो ।  साउन १६ गते नै  उनीसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन