July 28, 2018

काँग्रेस  घट्दैघट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा पुग्यो : प्रम ओली

 

 

 
 
 

काठमाडौं १२ साउन।  प्रधानमन्त्री केपी शर्मा ओलीले  काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्  ।
 तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
 काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिले देखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघरमा दुई सय जना जति  मान्छे अट्लान्” प्रधानमन्त्री ओलीले भने “त्यति  भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।”
 माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “मण्डलामा आन्दोलन भएपछि त्यसको हो –हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न” प्रधानमन्त्री ओलीले भने “यहींबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।”
लोकतन्त्र ल्याउनका लागि मजदूर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आजको अवस्थामा आइपुग्न मजदूर आन्दोलनको भूमिका महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले भने“त्यस कारण मजदुर आन्दोलनले मजदूरको जीवनमा धेरै फरक पारेको छ । ”
सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध भएको प्रधानमन्त्रीको भनाइ छ । आगामी दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइने प्रधानमन्त्री ओलीले बताएका  छन्  ।
 प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण विवेकलाई कायम राख्न सकने पर्ने बताए । “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसंग सन्तुलित सम्बनध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग