July 26, 2018

भक्तपुरमा कार दुर्घटनामा १ को मृत्यु ३ घाइते

भक्तपुर, १० साउन । मध्यपुर थिमि–४ चारदोबाटोस्थित सडकको डिभाईडरमा कार ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा १ जना ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भक्तपुरतिर जाँदै गरेको बा ३ च ८३१७ नम्बरको निजी कार मंगलबार राति डिभाईडरमा ठोक्किएको थियो । दुर्घटनामा सूर्यविनायक बस्ने चालक सिन्धुलीका ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका राउतको उपचारको क्रममा नागरिक सामुदायिक अस्पताल गठ्ठाघरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सोही दुर्घटनाका क्रममा एकैदिशा तर्फबाट आइरहेको बा ४६ प १५५२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त कारमा ठोक्किदा दुई जना घाइते भएका थिए । घाइतेहरुको नागरिक सामुदायिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का