July 19, 2018

शिक्षण अस्पतालमा काङ्ग्रेस र कम्युनिस्ट स्वास्थ्यकर्मीहरुबीच झडप

३ साउन, काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ । बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीचमै विवाद भएको हो ।

चिकित्सकहरुको काङ्ग्रेस निकट संगठन नेपाल मेडिकल एशोसिएसन (एनएमए)ले डा. केसीको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको छ । तर वामपन्थी दलनिकट चिकित्सक संगठन र नेपाल नर्सिङ संघ भने उपचार सेवा बन्द गर्न नहुने पक्षमा खुलेका छन् ।

सोही क्रममा त्यहाँ कार्यरत नर्स तथा आवासीय चिकित्सकहरुबीच सामान्य हात हालाहाल भएको थियो ।डा. गोविन्द केसी कार्यरत त्रिवि शिक्षण अस्पतालमै उपचार बन्द गर्ने कि नगर्ने भन्नेबारे बिहानैदेखि दुई पक्षका चिकित्सकहरु बीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको चिकित्सकहरुले बताए ।

विवादपछि अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।अस्पताल परिसरमा दुई थरी चिकित्सकको आन्दोलन हुदाँ विरामीहरु भने मारमा परेका छन् ।

यसैबीच, वीर अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुको हडतालको प्रभाव परेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामी र तिनका आफन्तले बिहीबार बिहान टिकट काउन्टरमा तोडफोड समेत गरेका थिए ।  अवस्था तनावग्रस्त भएपछि प्रहरी समेत परिचालन गर्नुपरेकाे थियो । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का