विश्वकप फुटबल : केन र लुकाकु गोल्डेन बुटका दाबेदार, सर्वाधिक गोल गर्ने प्रयास नेयमारको

रसियामा जारी फिफा विश्वकपका क्वार्टरफाइनल खेलहरु शनिबार सकिएका छन् । सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । विश्वकपका ६४ खेलमध्ये ६० खेल भइसकेका छन् । अहिलेसम्म सम्पन्न खेलमा सर्वाधिक गोलकर्ता खेलाडी, सबैभन्दा धेरै गोल गर्ने राष्ट्र र सबैभन्दा बढी गोलका लागि प्रयास गर्ने खेलाडी को–को हुन् त ?

 

ह्यारी केन–६ गोल
यसपटकको विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड अहिलेसम्म इंग्ल्यान्डका कप्तान ह्यारी केनको छ । २४ वर्षीय केनले खेलेका ५ मध्ये ३ खेलमा ६ गोल गरेका छन् । उनले समूह चरणमा पानामाविरुद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरे । कोलम्बियाविरुद्धको खेलमा १ गोल गर्दै उनी जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन केनले ६ गोलको योगदान दिएका छन् । केन रसिया विश्वकपमा गोल्डेन बुटको दाबेदारसमेत हुन् ।

lukakku

पछ्याउँदै लुकाकु

उनीसँगको प्रतिस्पर्धामा छन् सेमिफाइनल पुगेको अर्को मुलुक बेल्जियमका फरवार्ड रोमेलु लुकाकु । उनले अहिलेसम्म ४ गोल गरेका छन् ।  त्यस्तै, ४ गोल गर्नेमा यसअघि नै विश्वकपबाट बाहिरिसकेको टिम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र आयोजक राष्ट्र रसियाका डेनिस चेरिसेभ छन् । 

बेल्जियमको १४ गोल
जारी विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै गोल बेल्जियमले गरेको छ । उसले खेलेका ५ खेलमा १४ गोल गरेको छ । बेल्जियम विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

समूह चरणमा बेल्जियमले पानामालाई ३—०, ट्युनिसियालाई ५—२ र इंग्ल्यान्डलाई १—० गोलले पराजित गरेको थियो । त्यस्तै, प्रि—क्वार्टरफाइनलमा बेल्जियमले जापानलाई ३—२ गोलले पराजित गरेको थियो भने क्वार्टरफाइनल खेलमा ब्राजिललाई २—१ गोलले जितेको थियो । 

सर्वाधिक गोल प्रयास नेयमारको
क्वार्टरफाइनल खेलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै ब्राजिल जारी विश्वकपबाट बाहिरिसकेको छ । ब्राजिलका स्टार नेयमारले रसियामा ५ खेल खेले, जसमध्ये उनले सबैजसो खेलमा गोल गर्ने प्रयास गरेका थिए ।

नेयमारले खेलेका ५ खेलमा उनले विपक्षी टिमको पोस्टमा २७ पटक प्रहार गरेका छन् । यी प्रहारमध्ये १३ प्रहार गोल पोस्टतिर गरेका छन् भने पाँच प्रहार ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका नौवटा प्रहारलाई विपक्षी डिफेन्डर र गोलरक्षकले रोकिदिएका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र