रसियामा जारी फिफा विश्वकपका क्वार्टरफाइनल खेलहरु शनिबार सकिएका छन् । सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । विश्वकपका ६४ खेलमध्ये ६० खेल भइसकेका छन् । अहिलेसम्म सम्पन्न खेलमा सर्वाधिक गोलकर्ता खेलाडी, सबैभन्दा धेरै गोल गर्ने राष्ट्र र सबैभन्दा बढी गोलका लागि प्रयास गर्ने खेलाडी को–को हुन् त ?
ह्यारी केन–६ गोल
यसपटकको विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड अहिलेसम्म इंग्ल्यान्डका कप्तान ह्यारी केनको छ । २४ वर्षीय केनले खेलेका ५ मध्ये ३ खेलमा ६ गोल गरेका छन् । उनले समूह चरणमा पानामाविरुद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरे । कोलम्बियाविरुद्धको खेलमा १ गोल गर्दै उनी जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन केनले ६ गोलको योगदान दिएका छन् । केन रसिया विश्वकपमा गोल्डेन बुटको दाबेदारसमेत हुन् ।

पछ्याउँदै लुकाकु
उनीसँगको प्रतिस्पर्धामा छन् सेमिफाइनल पुगेको अर्को मुलुक बेल्जियमका फरवार्ड रोमेलु लुकाकु । उनले अहिलेसम्म ४ गोल गरेका छन् । त्यस्तै, ४ गोल गर्नेमा यसअघि नै विश्वकपबाट बाहिरिसकेको टिम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र आयोजक राष्ट्र रसियाका डेनिस चेरिसेभ छन् ।
बेल्जियमको १४ गोल
जारी विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै गोल बेल्जियमले गरेको छ । उसले खेलेका ५ खेलमा १४ गोल गरेको छ । बेल्जियम विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।
समूह चरणमा बेल्जियमले पानामालाई ३—०, ट्युनिसियालाई ५—२ र इंग्ल्यान्डलाई १—० गोलले पराजित गरेको थियो । त्यस्तै, प्रि—क्वार्टरफाइनलमा बेल्जियमले जापानलाई ३—२ गोलले पराजित गरेको थियो भने क्वार्टरफाइनल खेलमा ब्राजिललाई २—१ गोलले जितेको थियो ।
सर्वाधिक गोल प्रयास नेयमारको
क्वार्टरफाइनल खेलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै ब्राजिल जारी विश्वकपबाट बाहिरिसकेको छ । ब्राजिलका स्टार नेयमारले रसियामा ५ खेल खेले, जसमध्ये उनले सबैजसो खेलमा गोल गर्ने प्रयास गरेका थिए ।
नेयमारले खेलेका ५ खेलमा उनले विपक्षी टिमको पोस्टमा २७ पटक प्रहार गरेका छन् । यी प्रहारमध्ये १३ प्रहार गोल पोस्टतिर गरेका छन् भने पाँच प्रहार ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका नौवटा प्रहारलाई विपक्षी डिफेन्डर र गोलरक्षकले रोकिदिएका थिए ।एजेन्सी
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन