नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जारी ग्लोबल टि-२० क्यानाडाको तेस्रो खेलमा १ विकेट सहित उच्च प्रदर्शन गरेका छन् ।

ग्लोबल टि-२० मा सन्दीप मोन्ट्रियाल टाइगर्सको तर्फबाट खेल्दै छन् । हिजोको खेलमा मोन्ट्रियाल टाइगर्स भान्कुभर नाइट्ससंग भिड्दा सन्दीपको बलिङ प्रशंसायोग्य रह्यो । उनले आफ्नो ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिए र १ विकेट पनि लिए । सन्दीपले चाडविक वाल्टनको विकेट लिन सफल भएका थिए ।
सन्दीपको प्रदर्शन मोन्ट्रियाललाई जितका लागि भने पर्याप्त रहेन । १ सय ६७ रनको लक्ष्य पछ्याएको मोन्ट्रियाल अन्तिम ओभरमा १ सय ४८ रनमा समेटियो । सन्दीपले ब्याटिङतर्फ ३ बलमा ७ रनको योग्दान पनि दिएका थिए । उनको पारीमा १ छक्का पनि सामेल थियो ।
६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियाल ३ खेल खेल्दै विना कुनै अंक अन्तिम स्थानमा रहेको छ । यस अघि प्रतियोगितामा वेष्ट इन्डिज ‘बि’ संग पनि सन्दीपले १ विकेट लिएका थिए तर सो खेलमा उनी ५७ रन दिंदै केही खर्चिलो सावित भएका थिए ।
अब मोन्ट्रियालले आफ्नो चौथो खेलमा एड्मोन्टन रोयाल्ससंग जुलाई ५ मा खेल्ने छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र