संसदमा मन्त्रालयको बजेट विनियोजनमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले सरकारले दक्ष श्रम शक्ति उत्पादनका लागि १० वर्षीय गुरुयोजना ल्याउने र बाल श्रम रोक्न बाल गुरुयोजना ल्याइने पनि उल्लेख गरेका छन् ।
सरकारले केही महिनापछि सात वटै प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृतिको व्यवस्था गरिने मन्त्री विष्टले बताएका छन्। यस्तै, प्रत्येक प्रदेशमा सिपमूलक तामिल केन्द्र सञ्चालनमा ल्याउनेबारे पनि जानकारी गराए।
वार्षिक ५ लाख नयाँ श्रम शक्ति कामको खोजीमा श्रम बजारमा आउने गरेको र यसमध्ये २० प्रतिशतले आन्तरिक श्रम बजारमा काम पाउने गरेको मन्त्री विष्टको भनाइ छ। नेपालमा पूर्ण बेरोजगार २० प्रतिशत र अर्ध बेरोजगार ३० प्रतिशत रहेको भन्दै उनले आन्तरिक श्रम बजारभित्रै नेपाली युवालाई रोजगारी दिलाउने गरी योजना बनाइरहेको बताए।
नेपाल सरकारले क्यानडा, जापान लगायत नयाँ रोजगारदाता देशसँग कामदार आपूर्ति गर्ने विषयमा छलफल चलाइरहेको पनि उनले संसद्समक्ष उल्लेख गरे। मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउन तत्काल खुला नगर्ने पनि उनले बताए।
कामदार ठगिने क्रम जारी रहेको भन्ने सांसदको प्रश्नमा उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई ठग्ने कसैलाई पनि छुट हुँदैन।’ मन्त्री विष्टले विदेशका जेलमा र अस्पतालमा उपचार गराइरहेका नेपाली कामदारलाई स्वदेश फर्काउनेबारे काम भइरहेको पनि बताए।
उनले वैदेशिक रोजगारीका नाममा विकृति फैलाउनेहरुलाई सरकारले नछाड्ने चेतावनी समेत दिएका छन्।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र