June 27, 2018

  अनलाइन प्रणालीबाट वैदेशिक रोजगारीकाे ठगी िनयन्त्रण गनेर् –श्रममन्त्री

 

 काठमाडौं, असार १३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारी क्षेत्रका ठगी नियन्त्रण गर्न अबको २० दिनभित्र विशेष अनलाइन प्रणाली सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् ।
उक्त अनलाइन प्रणालीमा वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, राहदानी विभाग र कूटनीतिक नियोगसँग जोडिनेगरी काम भइरहेको पनि बताएका छन् ।

संसदमा मन्त्रालयको बजेट विनियोजनमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले सरकारले दक्ष श्रम शक्ति उत्पादनका लागि १० वर्षीय गुरुयोजना ल्याउने र बाल श्रम रोक्न बाल गुरुयोजना ल्याइने पनि उल्लेख गरेका छन् ।

सरकारले केही महिनापछि सात वटै प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृतिको व्यवस्था गरिने मन्त्री विष्टले बताएका छन्। यस्तै, प्रत्येक प्रदेशमा सिपमूलक तामिल केन्द्र सञ्चालनमा ल्याउनेबारे पनि जानकारी गराए।

वार्षिक ५ लाख नयाँ श्रम शक्ति कामको खोजीमा श्रम बजारमा आउने गरेको र यसमध्ये २० प्रतिशतले आन्तरिक श्रम बजारमा काम पाउने गरेको मन्त्री विष्टको भनाइ छ। नेपालमा पूर्ण बेरोजगार २० प्रतिशत र अर्ध बेरोजगार ३० प्रतिशत रहेको भन्दै उनले आन्तरिक श्रम बजारभित्रै नेपाली युवालाई रोजगारी दिलाउने गरी योजना बनाइरहेको बताए।

नेपाल सरकारले क्यानडा, जापान लगायत नयाँ रोजगारदाता देशसँग कामदार आपूर्ति गर्ने विषयमा छलफल चलाइरहेको पनि उनले संसद्समक्ष उल्लेख गरे। मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउन तत्काल खुला नगर्ने पनि उनले बताए।

कामदार ठगिने क्रम जारी रहेको भन्ने सांसदको प्रश्नमा उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई ठग्ने कसैलाई पनि छुट हुँदैन।’ मन्त्री विष्टले विदेशका जेलमा र अस्पतालमा उपचार गराइरहेका नेपाली कामदारलाई स्वदेश फर्काउनेबारे काम भइरहेको पनि बताए।

उनले वैदेशिक रोजगारीका नाममा विकृति फैलाउनेहरुलाई सरकारले नछाड्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित