फिफा विश्वकप फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘जी’ बाट बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र ट्युनिसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।
स्पार्टक स्टेडियममा हुने खेलमा बेल्जियम लगातार दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा पानामालाई ३ – ० ले हराएको बेल्जियम दोस्रो जित निकाल्दै दोस्रो चरणको यात्रा तय गर्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग २ – १ ले पराजित ट्युनिसिया आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम बनाउन चाहन्छ ।
यो समूहमा बेल्जियम र इंग्ल्यान्डको समान ३ – ३ अंक छ । ट्युनिसिया र पानामा अंक बिहिन रहेका छन् ।
विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा समूह ‘एफ’ बाट दक्षिण कोरिया र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ८: ४५ मा सुरु हुनेछ । रोस्तोभ एरिनामा दक्षिण कोरिया पहिलो जितको खोजीमा रहने छ । मेक्सिको भने लगातार दुई खेल जित्दै दोस्रो चरणमा पुग्न चाहन्छ ।
यो समूहमा ३ अंक जोडेको मेक्सिको दोस्रो समूहको दोस्रो स्थानमा छ । दक्षिण कोरिया अंक बिहिन रहदै पुछारमा छ । पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग १ – ० ले पराजित भएको थियो । मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १ – ० ले नै हराएको थियो ।
समूह ‘एफ’ कै आज हुने दोस्रो खेलमा जर्मनीले स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ११ : ४५ मा सुरु हुनेछ ।
फिष्ट ओलम्पिक रंगशालामा मैदान उत्रदै गर्दा जर्मनी पहिलो जितको खोजीमा हुने छ । पहिलो खेलमा मेक्सिकोसँगको हारले जर्मनीलाई दोस्रो चरण पुग्ने सम्भावना राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जर्मनीविरुद्ध मैदान उत्रदा स्वीडेन दोस्रो जितको खोजीमा हुनेछ ।
नेपाली समयको खेल तालिका :-

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन