विश्वकप फुटबल : आज तीन खेल हुँदै , यस्ताे छ खेल तालिका

फिफा विश्वकप फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘जी’ बाट बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र ट्युनिसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।

स्पार्टक स्टेडियममा हुने खेलमा बेल्जियम लगातार दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा पानामालाई ३ – ० ले हराएको बेल्जियम दोस्रो जित निकाल्दै दोस्रो चरणको यात्रा तय गर्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग २ – १ ले पराजित ट्युनिसिया आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम बनाउन चाहन्छ ।

यो समूहमा बेल्जियम र इंग्ल्यान्डको समान ३ – ३ अंक छ । ट्युनिसिया र पानामा अंक बिहिन रहेका छन् ।

विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा समूह ‘एफ’ बाट दक्षिण कोरिया र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ८: ४५ मा सुरु हुनेछ । रोस्तोभ एरिनामा दक्षिण कोरिया पहिलो जितको खोजीमा रहने छ । मेक्सिको भने लगातार दुई खेल जित्दै दोस्रो चरणमा पुग्न चाहन्छ ।

यो समूहमा ३ अंक जोडेको मेक्सिको दोस्रो समूहको दोस्रो स्थानमा छ । दक्षिण कोरिया अंक बिहिन रहदै पुछारमा छ । पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग १ – ० ले पराजित भएको थियो । मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १ – ० ले नै हराएको थियो ।

समूह ‘एफ’ कै आज हुने दोस्रो खेलमा जर्मनीले स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ११ : ४५ मा सुरु हुनेछ ।

फिष्ट ओलम्पिक रंगशालामा मैदान उत्रदै गर्दा जर्मनी पहिलो जितको खोजीमा हुने छ । पहिलो खेलमा मेक्सिकोसँगको हारले जर्मनीलाई दोस्रो चरण पुग्ने सम्भावना राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जर्मनीविरुद्ध मैदान उत्रदा स्वीडेन दोस्रो जितको खोजीमा हुनेछ  ।

नेपाली समयको खेल तालिका :-

 

लिस्ट-Recovered

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र