ब्राजिललाई अर्काे ठुलो दबाव !

विश्वकपको दावेदार मानिएको ब्राजिललाई यो पटक ठुलै दवाव छ ।   पहिलो खेलमा नै ब्राजिल र स्वीट्जरल्याण्ड बिच भएको खेलमा बराबरीमा रोकिनु परेपछि झनै ब्राजिललाई दवाव थपिएको छ । अहिले सम्म ब्राजिलले जम्मा एक अंक मात्र प्राप्त गरेको छ ।

brazil

हुन त अहिले सम्म ब्राजिलले एउटा मात्र खेल खेलेतापनि उसले पहिलो खेल बराबरीमा खेल्नु नै उसको लागि दवावको विषय बनेको छ ।

हुन त ब्राजिलका मुख्य हिरो मानिने नेइमार घाइते रहेको विषयले ब्राजिलका खेलाडीहरु केहि चिन्तित् थिए,तर अहिले नेइमार पनि खेल्न सक्ने अवस्था रहेको भन्दै टिममा फर्किएका छन् । ब्राजिलका अर्का खेलाडी ड्यानिलो पनि घाइते भएका कारण उनको स्थानबाट फागनरले खेल्दै छन् ।

पहिलो खेलमा  स्विजरल्याण्डले ब्राजिललाई रोकेको जस्तै कोस्टारिका पनि आज ब्राजिललाई रोक्ने रणनीतिमा छ । ब्राजिलका खेलाडीहरु चोटपटकका कारण सबै फिट छैनन् तर कोस्टारिकाका खेलाडी भने सबै फिट छन् ।

पाच पटकको विश्व विजेता ब्राजिलले अहिले सम्म २० पटक विश्वकप खेलेको छ । ब्राजिल सन् १९३० मा पहिलो विश्वकपमा सहभागी भएर विश्वकपको यात्रा सुरु गरेको थियो ।

ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा विश्व विजेता बन्यो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । तर विगतका खेललाई हेर्दा कोस्टारिका पनि बलियो टोली हो, त्यसैले पनि ब्राजिललाई कोस्टारिका विरुद्ध खेल्न पनि सहज हुने छैन ।

ब्राजिलियन टिमका मिडफिल्डर फिलिप कोउटिन्होले आफूहरुले अघिल्लो खेलमा भन्दा यसपटक सुधार गर्नुपर्ने बताउदै भने हामीले ‘स्वीट्जरल्याण्डसँगभन्दा सुधारिएको खेल कोसरिका विरुद्ध हामीले खेल्नुपर्छ । हरेक खेल नै फाइनल जस्तो हो । विश्वकपका लागि कुनै खेल सामान्य हुँदैन । सबै टिम राम्रा छन् । हामीले जिम्मेवारी लिएर जिततर्फ अग्रसर हुनुपर्छ । कोस्टारिकासँगको खेल महत्वपूर्ण छ । हामी तीन अंकको खोजीमा छौं’ उनले भने ।

आज शुक्रबार बेलुका ५ : ४५ बजे ब्राजिलले  कोस्टारिकासँग खेल्दैछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन