ब्राजिललाई अर्काे ठुलो दबाव !

विश्वकपको दावेदार मानिएको ब्राजिललाई यो पटक ठुलै दवाव छ ।   पहिलो खेलमा नै ब्राजिल र स्वीट्जरल्याण्ड बिच भएको खेलमा बराबरीमा रोकिनु परेपछि झनै ब्राजिललाई दवाव थपिएको छ । अहिले सम्म ब्राजिलले जम्मा एक अंक मात्र प्राप्त गरेको छ ।

brazil

हुन त अहिले सम्म ब्राजिलले एउटा मात्र खेल खेलेतापनि उसले पहिलो खेल बराबरीमा खेल्नु नै उसको लागि दवावको विषय बनेको छ ।

हुन त ब्राजिलका मुख्य हिरो मानिने नेइमार घाइते रहेको विषयले ब्राजिलका खेलाडीहरु केहि चिन्तित् थिए,तर अहिले नेइमार पनि खेल्न सक्ने अवस्था रहेको भन्दै टिममा फर्किएका छन् । ब्राजिलका अर्का खेलाडी ड्यानिलो पनि घाइते भएका कारण उनको स्थानबाट फागनरले खेल्दै छन् ।

पहिलो खेलमा  स्विजरल्याण्डले ब्राजिललाई रोकेको जस्तै कोस्टारिका पनि आज ब्राजिललाई रोक्ने रणनीतिमा छ । ब्राजिलका खेलाडीहरु चोटपटकका कारण सबै फिट छैनन् तर कोस्टारिकाका खेलाडी भने सबै फिट छन् ।

पाच पटकको विश्व विजेता ब्राजिलले अहिले सम्म २० पटक विश्वकप खेलेको छ । ब्राजिल सन् १९३० मा पहिलो विश्वकपमा सहभागी भएर विश्वकपको यात्रा सुरु गरेको थियो ।

ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा विश्व विजेता बन्यो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । तर विगतका खेललाई हेर्दा कोस्टारिका पनि बलियो टोली हो, त्यसैले पनि ब्राजिललाई कोस्टारिका विरुद्ध खेल्न पनि सहज हुने छैन ।

ब्राजिलियन टिमका मिडफिल्डर फिलिप कोउटिन्होले आफूहरुले अघिल्लो खेलमा भन्दा यसपटक सुधार गर्नुपर्ने बताउदै भने हामीले ‘स्वीट्जरल्याण्डसँगभन्दा सुधारिएको खेल कोसरिका विरुद्ध हामीले खेल्नुपर्छ । हरेक खेल नै फाइनल जस्तो हो । विश्वकपका लागि कुनै खेल सामान्य हुँदैन । सबै टिम राम्रा छन् । हामीले जिम्मेवारी लिएर जिततर्फ अग्रसर हुनुपर्छ । कोस्टारिकासँगको खेल महत्वपूर्ण छ । हामी तीन अंकको खोजीमा छौं’ उनले भने ।

आज शुक्रबार बेलुका ५ : ४५ बजे ब्राजिलले  कोस्टारिकासँग खेल्दैछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र