फीफा वल्र्डकपको रोमाञ्चक खेलबीच हर कोहीको आफ्नो फेभरेट टीम र मन पर्ने खेलाडिसँग धेरै आश हुन्छ । खेलको गति भर्खर शुरुवाती चरणमा छ तर रुसको ११ शहरमा भइरहेको विश्वकपमा खेलाडीहरुको शानदार गोल देख्न पाइरहेका छौँ । रोमाञ्चक खेल हेर्दा यो अनुमान लगाउन सकिन्छ कि यो वर्ष सबैभन्दा ज्यादा गोल गर्ने खेलाडीबीच गोल्डेन बुटको लिएर कडा टक्कर हुनेछ ।
गोल्डेन बूटको दौडमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडी
फीफा विश्वकपको शुरुवाती चरणमै क्रिस्टियानो रोनाल्डो काफी लयमा भएको देखिएको छ । र गोल्डेन बूटको दौडमा सबैभन्दा अगाडि पनि छन् रोनाल्डो ।
पोर्चुगल टीमले शुरु देखि अहिलेसम्म ४ गोल गरेको छ त्यो पनि रोनाल्डोले नै । रोनाल्डोले यस वर्ष वल्र्डकपमा स्पेनविरुद्ध पहिलो म्याचमै ह्याट्रिक लगाउँदा ३ गोल गरे । त्यस्तै मोरक्को विरुद्ध उनले एक गोल गरेका थिए ।
गोल्डेन बूटको दौडमा सबैभन्दा अगाडि छन् यी खेलाडिः
खेलाडी देश गोल
क्रिस्टियानो रोनाल्डो पोर्चुगल ४ गोल
डेनिस चेरीशेव रुस ३ गोल
डिएगो कोस्टा स्पेन ३ गोल
अर्तेम ज्यूबा रूस २ गोल
माइल जेडिनाक अष्ट्रेलिया २ गोल
विश्वकपमा पहिलेका गोल्डेन बूट विजेता
खेलाडी देश साल गोल
जेम्स रोड्रिगेज कोलम्बिया २०१४ ६ गोल
थोमस म्युलर जर्मनी २०१० ५ गोल
मिरोस्लाव क्लोसे जर्मनी २००६ ५ गोल
रोनाल्डो पोर्चुगल २००२ ८ गोल
दावोर सुकर क्रोएशिया १९९८ ६ गोल
कसलाई दिइन्छ गोल्डेन बूट ?
गोल्डेन बूटको शुरुवात १९३० सालमा फीफा वल्र्डकपको शुरुवातको साथ नै भएको थियो । खेल सकिएपछि गोल्डेन बूटको शीर्षक त्यस खेलाडीलाई दिइन्छ, जसले पुरै खेलमा सबैभन्दा ज्यादा गोल गरेको छ । फीफा वल्र्डकपको इतिहासमा सिर्फ तीन पटक यस्तो भएको थियो कि सबैभन्दा ज्यादा गोल गर्ने खेलाडीको संख्या एक भन्दा धेरै भएको थियो, त्यो अवस्थामा संयुक्त रुपमा यो पुरस्कार दिइएको थियो ।
एजेन्सी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको