नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ ।
क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए ।
दोस्रो हाफमा भने क्रोएसियाले ३ गोल गर्न सफल रह्यो । ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे रेबिचले गोल गरे । त्यस्तै ८० औं मिनेटमा लुका मोड्रिचले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे भने खेलको अन्तिम मिनेटमा इभान राकिटिचले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई निराश पारे ।
यससंगै क्रोएसिया प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ भने अर्जेन्टिनाको सम्भावना न्युन देखिएको छ । अर्जेन्टिना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा पनि निर्भर हुन बाध्य रहेको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र