क्रोएसिया विजयी, अर्जेन्टिनाको छनोट सम्भावना कम

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ ।

क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए ।

दोस्रो हाफमा भने क्रोएसियाले ३ गोल गर्न सफल रह्यो । ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे रेबिचले गोल गरे । त्यस्तै ८० औं मिनेटमा लुका मोड्रिचले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे भने खेलको अन्तिम मिनेटमा इभान राकिटिचले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई निराश पारे ।

यससंगै क्रोएसिया प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ भने अर्जेन्टिनाको सम्भावना न्युन देखिएको छ । अर्जेन्टिना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा पनि निर्भर हुन बाध्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन