आज बिहीबार धरहराको टेन्डर खोलिने !

Dharaharaराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन ।

प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति ठेकेदारले प्रतिस्पर्धा गरेका छन् भन्ने विषयमा जानकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आज २ बजे टेन्डर खोलेपछि कतिले प्रतिस्पर्धा गरे भन्ने विषयमा जानकारी हुने र पछि मूल्यांकन गरेपछि कुन ठेकेदारलाई टेन्डर दिइयो भन्ने विषयमा थाहा हुनेछ ।’

प्राविधिक प्रस्ताव छनोटमा परेका कम्पनीहरुले पुनः पेस गर्ने आर्थिक प्रस्ताव अनुसार न्यून लागत कबोल गर्ने कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । प्रधानमन्त्री केपी ओलीले असार अन्तिम साता धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गर्नेगरी प्राधिकरणले टेन्डर प्रक्रियालाई अघि बढाएको हो । करिब एक वर्षअघि नेपाल टेलिकमले करिब ६ अर्ब रुपियाँमा धरहरा बनाउने प्रस्ताव गरेको थियो ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक