विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् । एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै अघि बढ्ने लक्ष्यमा दुबै टिम रहेका छन् ।
स्पेन
विश्वकपमो पुर्वसन्ध्यामा प्रशिक्षक बर्खास्त गरेको स्पेनले यस विश्वकपमा कस्तो खेल प्रदर्शन गर्ने सबैको चासोको विषय बनेको छ । सन् २०१४ को विश्वकपमा स्पेनको यात्रा सुखद रहेन । स्पेन समूह चरणबाटै बाहिरिएको थियो । तर, पछिल्लो समयमा स्पेन निकै लयमा देखिएको फुटबल विश्लेषकहरु बताउँछन् । यसपटकको विश्वकपमा भने स्पेन विश्वकप दाबेदारका रुपमा लिइएको छ ।
आगामी विश्वकपको लागि स्पेनले २३ सदस्यिय खेलाडी घोषणा गरेको छ । खेलाडी सूचीमध्ये १७ जना ला लिगा खेल्ने खेलाडी रहेका छन् । आन्द्रेज इनियष्टा, सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र जोर्डी अल्बाजस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।
स्पेनले विश्वकप सुरु हुन एक दिन अगाडि नियुक्त गरेका फर्नानडो हिइरोले स्पेनलाई कहाँ पुर्याउने हुन् सबैको चासोको विषय बनेको छ ।
खेलाडी सूची
गोलकिपरः
डी गेया, रैना र केपा
डिफेन्डरः
कार्भाहाल, ओडिरियोजोला, पिके, रामोस, नाचो, एज्पेइलोकोयटा, जोर्डी अल्बा र मोन्रियल
मिडफिल्डरः
बुस्क्वेट्स, साउल, कोके, थियागो, इनियष्टा र सिल्भा
फरवार्डः
इस्को, एसेन्सियो, भास्क्वेज, आइगो आसपास, रोड्रिगो र डिएगो कोस्टा
पोर्चुगल
पोर्चुगल पनि २०१८ को विश्वकप फुटबलको उपाधि दाबेदार राष्ट्रकै रुपमा गनिन्छ । सन् १९६६ बाट विश्वकप खेल्न थालेको पोर्चुगलले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ ।पहिलो पटक सहभागिता जनाएको विश्वकपमै पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानसम्म ओगटेको थियो ।
सन् २०१६ को युरो कपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले उपाधि चुमेको थियो । कप्तान क्रिस्टियानो रोनाल्डो, नानी, पेपे, रिकार्डो क्वारिस्मा जस्ता स्टार खेलाडीहरूको बाहुल्यता रहेको पोर्चुगल पनि बलियो टिममै गनिएका छन् ।
खेलाडी सूची
गोलकिपर
रुई पेट्रिरिको (स्पोर्टिङ)
बेटो(गोजटेपे)
एन्थोनी लोपेज (लियोन)
डिफेन्डर
सेडरिक सोयरिस (साउथह्याप्टन)
रिकार्डो पेरेरिया (पोर्तो)
मारियो रुई (नापोली)
पेपे (बेसिक्टास)
जोसे फोन्टे (डालियान याफाङ्ग)
ब्रुनो आल्भेज (रेन्जर्स)
राफेल गरेरियो (डर्टमण्ड)
रुवेन डायस (बेन्फिका)
मिडफिल्डर
विलियामकार्भाल्लो (स्पोर्टिङ)
एड्रियन सिल्भा) (लेस्टर सिटी)
जाओ मारियो (वेष्ट हाम)
जाओ माउटिन्हो (मोनाको)
म्यानुअल फर्नान्डेज (लोकोमोटिभ मस्को)
ब्रुनो फर्नान्डेज (स्पोर्टिङ)
फरवार्ड
क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड)
आन्द्रेस सिल्भा (एसी मिलान)
जेल्सन मार्टिन्स(स्पोर्टिङ)
रिकार्डो(बेसिक्टास)
बर्नाडो सिल्भा (म्यान्चेस्टर सिटी)
गोन्कालो गुडेस (भ्यालेन्सिया)
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार