त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी काठमाडौका विभिन्न स्थान घर तथा जग्गा भएको खुलेको छ ।

चुडामणि उप्रेती ‘गोरे’का मुख्य सहयोगी तिवारीको अथाहा सम्प्तिका साथै काठमाडौको गौरीघाट, कोटेश्वरमा घर र ठमेलमा १० आनाभन्दा बढी जग्गा रहेको छ ।
सुन प्रकरण छानबिन समितिका एक सदस्यले भने, ‘छोटो समयमै तिवारीले सम्पति कसरी जोडे अनुसन्धान गर्दैछौं ।’
समितिले तिवारीलाई पहिले पनि पक्राउ गरी अनुसन्धान गरेको थियो । तर अनुसन्धानमा सुन तस्करीमा संलग्न नभएको प्रमाण फेला नपरेपछि उनी छुटेका थिए ।
तिवारी छानबिन समितिबाट फुत्के लगतै दक्षिण कोरिया पुगेका हुन् । समितिका सदस्यले भने ‘अहिले भने प्रमाण नै फेला पारेर पक्राउ गरेका हौँ।’
तिवारी गोरेका विश्वास पात्र हुन् । गोरेले लगानी गरेका जग्गाको कारोबार समेत उनैले रेखदेख तथा बिक्री गर्ने गरेको अनुसन्धानमा देखिएको छ । तिवारीको कालोपुल र कुपन्डोलमा मोटर ग्यारेज रहेको छ । कालोपुलको ग्यारेज भने साढे सात लाख रुपैयाँमा भाडामा दिएका छन् । समितका सदस्यले भने, ‘पहिले आफै ग्यारेज चलाएका थिए । तर केही वर्षदेखि ग्यारेज भाडामा दिएको देखियो ।’
तिवारीले गोरेसँग प्रहरी, वकिलदेखि सरकारी कर्मचारीसम्म सेटिङ मिलाउने गरेका थिए । गोरेले प्रहरीसँगको सेटिङ मिलाउन पनि उनै तिवारीलाई जिम्मेवारी दिएका थिए ।
तिवारीको गुण्डा नाईके गणेश लामासँगसमेत पार्टनरसिपमा काम गरेको देखिएको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन