संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो – लालबाबुु पण्डित

1719722076Lalbabu-Pandit-(1)१९ जेठ (रासस) – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पार्नुभयो । उहाँले उक्त रकम खर्च गर्ने सम्बन्धमा सरकारले आवश्यक प्रक्रिया ल्याउन नै बाँकी रहेको बताउनुभयो ।

मन्त्री पण्डिले स्थानीय निकायका प्रमुख पदका ९५ प्रतिशत कर्मचारी पठाइसकिएको र उनीहरुले आफ्नो कार्य गरिरहेको बताउँदै बाँकी रहेको कर्मचारी यही जेठ मसान्तसम्म आ–आफनो कार्य क्षेत्रमा पुगी जनताको सेवामा तल्लीन हुने उल्लेख गर्नुभयो । उहाँले स्वच्छिक अवकास हाल स्थगित रहेको जानकारी दिँदै नियमित रुपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र बाँकीले आफ्नो कार्य प्रारम्भ गरि सकेका छन् भन्नुभयो ।

उहाँले कर्मचारीका सम्बन्धमा प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिँदै निजामतीमा धेरै कर्मचारी संगठन आवश्यक नरहेको र एउटा निर्वाचित कर्मचारी संगठन मात्र हुनुपर्ने धारणा राख्नुभयो । प्रदेशमा कर्मचारीको पदपूर्तिका लागि आवश्यक प्रदेशिक लोकसेवा आयोग निर्माण भई सोहीअनुसार हुने बताउँदै उहाँले अहिले आवश्यक रहेको केही प्राविधिक पदमा कर्मचारी राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक