घरैपिच्छे १२०० बिरामी; रोकिएन झाडापखाला संक्रमण

pakhalaशान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप आइतबार साँझसम्म नियन्त्रणमा आएको छैन । बिरामी संख्या बढदै गएपछि गाउँले आतंकित छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ ।
 

शनिबार रातिसम्म ४ सय १९ बिरामी रहेकामा आइतबार ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिए । रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान उनले गरे । ‘शनिबार बिहानदेखि आइतबार राति २ बजेसम्म लगातार बिरामी आए,’ उनले भने, ‘फेरि बिहान ४ बजेदेखि बिरामीको भीड लाग्न थाल्यो ।’ उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर स्वास्थ्यचौकी आएको पुनले बताए ।

‘घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरू बिरामी परेका छन् । दूषित पानी पिउन नछाडदा संख्या बढदै गएको हो,’ उनले भने, ‘खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन् । प्रत्येक घरमा बिरामी छन् ।’

पुनका अनुसार तीनवटा एम्बुलेन्सले निरन्तर बिरामी ओसारिरहेका छन् । स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ । अधिकांश महिला र बालबालिका बिरामी छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ वर्षीया डिला चन्दको अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रेफर गरिएको छ । अन्यको स्वास्थ्यचौकीमा चलाइएको आकस्मिक शिविरमा उपचार भइरहेको छ ।

यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत