हैदराबाद (एजेन्सी)– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।
प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । हैदराबादको १८ अंक छ भने दोस्रो स्थानको चेन्नई र कोलकाताको समान १६ अंक छ ।१ सय ७३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । ओपनर क्रिस लेनले अर्धशतक बनाएको खेलमा रोबिन उथप्पाले ४५ रन बनाएका थिए ।
४३ बल खेलेका लेनले ४ चौका र ३ छक्काका साथ ५५ रन जोडे । ३४ बल खेल्दै उथप्पाले ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर सुनिल नारिनले २९ रन र कप्तान दीनेश कार्तिकले अविजित २२ रन जोडे । हैदराबादका सन्दीप शर्माले २ र कार्लोसा ब्रथवाइटले समान २ र सकिब अल हसनले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । ओपनर शिखर धवनले अर्धशतक पुरा गरे भने श्रीवास्ताव गोस्वामीले ३५, काने विलियम्सनले ३६, मनीष पाण्डले २५ रन बनाए ।
३९ बल खेल्दै शिखरले ५ चौका १ छक्का प्रहार गरे । कोलकाताका प्रसिद्ध कृष्णले ४, आन्द्रे रसेल, सुनिल नारिन, कुलदीपक यादव र जाभोन सेरलिसले समान १ विकेट लिए ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित