ओलीको व्यवहारको कारण पार्टी एकतामा ढिलाई : देव गुरुङ

kp-oli-2_x3FfaRxzysकाठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारका कारण एमालेसँगको पार्टी एकतामा शंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेता गुरुङले प्रधानमन्त्री ओलीले एकतर्फी ढंगले अघि बढ्न खोज्दा दुई पार्टीबीचको एकतामा ढिलाई हुन गएको पनि स्पष्ट पारे ।

उनले २ अध्यक्ष मध्ये एक जनाले पार्टी र अर्कोले सरकारको जिम्मेवारी लिएर काम गर्ने सहमति भएको दावी गर्दै ओलीले फटाफट एक्लै निर्णय लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

उनले पार्टी एकतामा ढिलाई नहुने तर विश्वासको वातावरण भने बनाउनुपर्ने पनि बताए ।

नेता गुरुङले दुइ पार्टीबीच एकता हुन नदिने विदेशीहरुले चलखेल गरिरहेको भन्दै सचेत हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भारतीय सुरक्षाकर्मीको व्यापक परिचालन गरिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए