गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै आज (शुक्रवार) यातायात सेवा बन्द गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएका छन् ।
आवश्यक सेवा ऐन २०१४ को दफा (३)को उपदफा (१) बमोजिम अत्यावश्यक सेवा (यातायात) क्षेत्रमा हड्ताल गर्ने व्यवसायीलाई पक्राउ गरि मुद्दा चलाउन गृहमन्त्री बादलले निर्देशन दिएका हुन् ।
‘देशभर यातायात ठप्प पार्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न भनेर मन्त्री ज्यूले निर्देशन जारी गर्नु भएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘अन्यावश्यक सेवा ऐन २०१४ अन्तर्गत यातायात सेवामा हड्ताल गरेअनुसार हुने कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभएको छ ।’
मन्त्री बादलले पहिलो चरणमा गाडी चलाउन भन्ने र नमान्ने अवस्था भए पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
सरकारले वैशाख ११ गते सूचना जारी गरी आवश्यक सेवा ऐन २०१४ मा भएकाे व्यवस्था सार्वजनिक यातायातसहित विभिन्न ८ सेवा क्षेत्रमा हड्ताल निषेध गरेका थियाे ।
यातायात समितिको सम्पत्तिमाथि छानबिन
गृहमन्त्री बादलले यसअघि गैरनाफामूलक संस्था (एनजीओ)अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया पनि अगाडि बढाउन निर्देशन दिएका छन् ।
गृहमन्त्रीको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले आज (शुक्रवार)देखि नै यातायात समिति र समितिका पदाधिकारीको सम्पत्तिमाथि छानवीन शुरु गरेको छ ।
सम्पत्ति छानबिन प्रक्रिया अन्तर्गत देशभरका सबै यातायात समितिको बैंक खाता रोक्का गरिने जनाइएको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन