May 4, 2018

डा.देवकोटाले प्रचण्डलाई भावुक बनाउदै भने -नेपालमै प्राण त्याग्ने इच्छा पुरा गर्न फर्किएको हुँ

बैशाख २१,

बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा राखिएका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देबकोटालाई मंगलबार विहानमात्र भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी मुख्यालय पेरिसडाँडामा दिउसो आयोजित पार्टी हेडक्वार्टरको विस्तारित बैठकमा सुनाए, ‘डा देबकोटा अहिले ‘डेथबेड’ मृत्युशैयामा हुनुहुन्छ, मैले उहाँलाई भर्खरै भेटेर आएँ। उहाँले एमाले–माओवादी केन्द्रबीच एकता भएको देख्न चाहन्छु भन्नुभएको छ। उहाँको चाहना हामीले पुरा गर्नुपर्छ।’

आफैमा असाध्यै भावुक नेता हुन्, अध्यक्ष प्रचण्ड। अलिकति दुखद क्षण देख्यो भने आँसु झारिहाल्छन्। पार्टी मुख्यालयको बैठकमा डा. देबकोटाको चाहना र अवस्थाबारे बताउने क्रममा प्रचण्ड मंगलबार दिउसो जति भावुक बने, विहान न्यूरो अस्पतालमा प्रचण्ड र डा. देबकोटाबीचको भेटघाटको क्षण झन भाबुक थियो। आफूलाई भेट्न आएका प्रचण्डलाई भेट्नासाथ डा. देबकोटाले भने, ‘प्रचण्डजी, बेलायतमा मेरो उपचार सम्भव नभएपछि आफ्नै देशमा प्राण त्याग्छु भनेर नेपाल फर्केको हुँ।’

डा. देबकोटाको मुखबाट त्यस्तो सुन्नुपर्ला भन्ने प्रचण्डले सोचेका पनि थिएनन्। त्यसैले उनले भने, ‘यस्तो होला भन्ने मैले सोचेको पनि थिइन’ प्रचण्डले डा. देबकोटासँग भने, ‘तपाईंले नै यस्तो भन्नुभयो, पत्याउनै पर्‍यो। तर तपाईंलाई यस्तो होला भन्ने कुरा मैले कल्पना नै गरेको थिइन। यस्तो होला भन्ने मैले सोचेको पनि थिइन।’ त्यसक्रममा आफूलाई के भएको हो, सबैकुराको बेलिबिस्तार डा. देबकोटाले लगाए। त्यसपछि उनले त्यही कुरा भने, जुन कुरा प्रचण्डले पार्टी हेडक्वार्टरको बैठकमा भनेका थिए।

‘पार्टी एकता गर्न लाग्नुभएको छ, एकतापछिका चुनौतिहरु थुपै्र छन्, तर एमाले–माओवादी केन्द्रबीचको एकताबाट मुलुकमा केही गर्न सकिने राम्रो सम्भावना छ, जति चाँडो एकता गर्नुपर्छ, म एमाले–माओवादी केन्द्रबीचको एकता भएको आफैले देख्न चाहन्छु, त्यसै भएर गत चुनावमा म वामगठबन्धनलाई जिताउन खटिएको हुँ।’ डा. देबकोटाले एकता प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गर्दै भने, ‘नेपालका सबै कम्युनिष्टहरुबीच एकता होस्, देश अग्रगमनतिर जाओस्। मेरो अन्तिम चाहना यही हो।’

पार्टी छिटो एकता होस् भन्ने डा. देबकोटाको चाहना बुझेपछि प्रचण्डले भने, ‘ओलीजी र म छलफल गरेर अगाडि बढेका छौं। निश्चिन्त रहनोस, एमाले–माओवादी केन्द्रबीच एकता हुन्छ।’ त्यसपछि डा देबकोटाले आफूले स्थापना गरेको न्यूरो अस्पतालका बारेमा कुरा गरे। भने, ‘तपाईंकै अविभावकत्वमा यो अस्पताल यहाँसम्म आइपुगेको हो, म रहेपनि नरहेपनि यो अस्पताललाई तपाईंको अविभावकत्व चाहिन्छ।’ प्रचण्डले जवाफ दिए, ‘सकेको सहयोग गरेको छु। फेरिपनि गरौंला।’

डा. देबकोटालाई भेट्न प्रचण्ड पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस संयोजक बिष्णु सापकोटासहित बाँसबारी पुगेका थिए। बेलायतमा समेत उपचार सम्भव नभएपछि जीवनको अन्तिम समय नेपालमै बिताउन आएको कुरा डा. देबकोटाले प्रचण्डलाई बताएपनि उनी हँसिला र खुसी नै देखिन्थे।- पाना खबर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि