गलत पोष्ट फेसबुकले अब आफैं हटाइदिने

फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे विस्तृत जानकारी दिएको हो । 

कस्ता सामग्री फेसबुकमा स्वीकार्य हुने र कस्तो नहुने भन्नेबारे कम्पनीले जानकारी गराएको हो ।

घृणात्मक सन्देश फैलाउने खालको पोस्ट, नग्नता प्रस्तुत गर्ने, बन्दुक र आतङ्कवाद् सम्बन्धी पोस्ट र धम्कीपूर्ण सन्देश दिने जस्ता पोस्टहरुलाई फेसबुकले अस्वीकार्य मान्ने बताएको छ । 

हिंसा, यौनजन्य सामग्री र घृणा फैलाउने पोस्टलाई हटाउँदा फेसबुकले सो सामग्रीसँग सम्बन्धित प्रयोगकर्तालाई पनि सूचित गराउने र चेतावनी पनि दिइने बताएको छ ।  त्यसैगरी यस्ता पोस्टबारे खबर गर्ने प्रयोगकर्तालाई पनि पोस्ट हटाइसकेको वा नहटाइएको सम्बन्धि जानकारी दिइने कम्पनीले बताएको छ ।

हरेक हप्ता फेसबुकले करोडौँ मानिसहरुबाट त्यस्ता अनुचित सामग्रीको रिपोर्ट पाउने गरेको छ । अहिले भने फेसबुकले त्यस्ता सामग्रीमा अटोमेटिक झण्डाको चिन्ह लगाइदिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग