फेसबुकमा पोस्ट हुने कस्तो प्रकारको सामग्रीलाई स्थायी रुपमा हटाइनेछ भन्नेबारे कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेको सीएनएनले बताएको छ । पछिल्ला दिनहरुमा लगातार आलोचना सहेपछि कम्पनीले फेसबुकको नीति खुलस्त पार्ने उद्देश्यले यस नयाँ प्रक्रियाबारे विस्तृत जानकारी दिएको हो ।
कस्ता सामग्री फेसबुकमा स्वीकार्य हुने र कस्तो नहुने भन्नेबारे कम्पनीले जानकारी गराएको हो ।
घृणात्मक सन्देश फैलाउने खालको पोस्ट, नग्नता प्रस्तुत गर्ने, बन्दुक र आतङ्कवाद् सम्बन्धी पोस्ट र धम्कीपूर्ण सन्देश दिने जस्ता पोस्टहरुलाई फेसबुकले अस्वीकार्य मान्ने बताएको छ ।
हिंसा, यौनजन्य सामग्री र घृणा फैलाउने पोस्टलाई हटाउँदा फेसबुकले सो सामग्रीसँग सम्बन्धित प्रयोगकर्तालाई पनि सूचित गराउने र चेतावनी पनि दिइने बताएको छ । त्यसैगरी यस्ता पोस्टबारे खबर गर्ने प्रयोगकर्तालाई पनि पोस्ट हटाइसकेको वा नहटाइएको सम्बन्धि जानकारी दिइने कम्पनीले बताएको छ ।
हरेक हप्ता फेसबुकले करोडौँ मानिसहरुबाट त्यस्ता अनुचित सामग्रीको रिपोर्ट पाउने गरेको छ । अहिले भने फेसबुकले त्यस्ता सामग्रीमा अटोमेटिक झण्डाको चिन्ह लगाइदिने गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा