कपाल झर्ने समस्याबाट यसरी पाउनुस् छुटकारा

कपाल झरेर दिक्क हुनुभएको छ ? कुनै पार्लरमा गएर हेयर ट्रिटमेन्ट गरेर कपाल झर्नबाट जोगाउने सोँचमा हुनुहुन्छ ? त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपाइँको कपाल झर्नबाट रोक्न ठूलो मद्दत पूराउनेछ ।

१. तातो तेलले मालिस गर्ने – तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

२. अदुवाको रसले बेलुका सुत्ने बेलामा कपालमा मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को विहान कपाल धुनुहोस् ।

३.टाउकोमा दिनहुँ हल्का रुपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।

४.ग्रिन टी पानीमा पकाउनुहोस् -अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । ग्रिन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल र्झनबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पूराउँछ ।

५.योगा गर्नुहोस्
विश्वास गर्नुस्- नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि