पछाडिको खल्तीमा पर्स राख्नु स्वास्थ्य लागि खतरनाक !

बिहानै नुहाएर तयार भयो, कपाल कोर्यो, घडी लगायो, मोबाइल चेक गर्यो र काँइयो–पर्स राखेर कार्यालय अथवा पसल जानका लागि तयार ।  विश्वभरका अधिकांश पुरुषहरुको बिहान यस्तै यस्तै शैलीमा बित्ने गर्दछ । मोबाइलबाहेक यी सबैमध्ये एक अन्य बस्तु छ, जुन बस्तु भुल्दा दिनभर आफू रित्तो–रित्तो झैँ लाग्ने गर्दछ । त्यो हो पर्स । 

wallet-back-pocket-13161141

यो पर्समा रुपैयाँ, फोटो, क्रेडिट–डेबिट कार्ड, ड्राइभिङ लाइसेन्स र अन्य जरूरी परिचय पत्र राखिएको हुन्छ । यी सबै कुराहरु एकै ठाउँमा राखिए पर्सको जिम्मामा कयौं जिम्मेवारी पनि हुन्छ । 

मोटो पर्सबाट के नोक्सान हुन्छ ?
 

यसै कारण पर्स मोटो पनि हुन्छ । र यो पर्स कहाँ राखिन्छ ? अधिकांशले पाइन्टको पछाडिको खल्तीमा । जुन बानी स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । तपाईँले केही समयका लागि पर्सलाई पछाडि राख्नु हुन्छ भने यसले खासै ठूलो फरक भने पर्दैन । 
तर दिनभर अथवा घन्टौंसम्म यसलाई तपाईँले पछिल्लो खल्तीमा राख्नुहुन्छ भने मनन् गर्नुपर्ने अवस्था देखिन्छ ।  सामाजिक सञ्जालमा केही व्यक्तिहरुले पछाडिको खल्तीमा मोटो पर्स राख्दा मेरुदण्डको हड्डी  बाङ्गो हुन्छ भनिरहेका छन् । के यो साँचो हो ? 

हामी कहाँ पर्स जति बढी मोटो भयो त्यति नै रवाफ ठूलो हुने झुठो आडम्बर पनि देखिन्छ । 

कहाँ हुन्छ दुःखाई ? 
 

‘मेन्स हेल्थ’ ले यूनिभर्सिटी अफ वाटर लूका प्रोफेसर अफ स्पाइन बायोमेकानिक्स स्टुअर्ट मैकगिललाई उद्धृत गर्दै प्रकाशित गरेका समाचारअनुसार कार्ड, बिल–भौचर र सिक्का राखिएको पर्स पछाडिको खल्तीमा राखेर लामो समयसम्म बस्दा ‘हिप ज्वाइन्ट’ र कम्मरको तल्लो भागमा दुःखाइ शुरु हुन्छ ।

यसो गर्दा ‘हिप ज्वाइन्ट’ को पछाडि रहने ‘सियाटिक नर्व’ मा तन्तुहरु पर्स र ‘हिप’ को बीचमा च्यापिने भएकाले स्वास्थ्यमा खसर देखिन शुरु हुन्छ ।  दुःखाई दुःखाई ‘हिप’ मा भए पनि यसको खसर खुट्टाको तल्लो भागसम्म पर्ने भएकाले पर्सलाई पछाडिको खल्तीमा राख्नु गम्भीर मानिन्छ । 

पछाडिको खल्तीमा मोटो आकारको पर्स राख्नाले ‘पेल्विस’ पनि एकापट्टी झुक्ने भएकाले मेरुदण्डको हड्डीमा झन बढी दबाव पर्दछ । मोटो पर्स राख्नाले मेरुदण्डको हड्डी अथवा स्पाइनमा बांगोपन आउने चिकित्सकहरुको दाबी साचो नभए पनि स्पाइनमा पहिलेबाटै कुनै समस्या भए यसले झनै समस्या उत्पन्न गरिदिन्छ । 

पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा कस्तो समस्या देखा पर्छ भन्ने प्रश्नको जवाफमा दिल्लीको प्राइमस अस्पतालका हड्डी विशेषज्ञ डा. कौशलकान्त मिश्राले भने, ‘‘स्पाइन सामान्य भए स्वास्थ्यमा कुनै पनि समस्या उत्पन्न हुँदैन ।’’
मोटो पर्सलाई केही समय पछाडिको खल्तीमा राख्दा केही समस्या नभए पनि लामो समयसम्म राखिए त्यसले स्वास्थ्यमा प्रतिकुल असर देखाउने उनको भनाई थियो ।  उनले भने, ‘‘कयौं घण्टासम्म कसैले पर्स पछाडिको खल्तीमा राखेर बस्दा मेरुदण्डको हड्डीको आकार त परिवर्तन हुँदैन तर साइटिका भने हुन्छ नै ।’’

यो दुःखाईबाट कसरी बच्न सकिन्छ ? 
 

घुँडा मोडेर जमिनमा सुत्नुहोस् । घुँडा तल लैजाँदा दायाँ पट्टी लैजानु होस् । काँध र हिप जमीनमै राखेर घुँडालाई फेरि बाँयापट्टी लैजानुहोस् । यो प्रक्रिया गर्दा तपाईँको कम्मरको तल्लो भागमा आराम महशुस हुनेछ । 
जमिनमा सुतेर घुँडालाई छातीमा टाँसेर खुट्टाको बाहिरी भागमा समातेर कम्मरको माथिको भागलाई आधार बनाएर शरीरलाई गोलो बनाउँदा पिठ्युको दुःखाई धेरै मात्रामा आराम हुन्छ । 

पर्सलाई कसरी राख्ने ?
 

रुपैयाँ राखे क्लिप अथवा पातलो आकारको वालेट राख्न सकिन्छ । जसलाई सजिलैसँग अगाडिको खल्तीमा राख्न सकियोस् । 
पर्स खरीद गर्दा चाभीहरु राख्न सकिने पर्स खरीद गर्नुहोस् । जसले तपाईलाई पर्स पछाडिको खल्तीमा राखेर बस्दा असहज महशुस भएर खल्तीबाट पर्स निकालेर बस्न बाध्य बनाओस् । सम्भव भएसम्म पर्स बोक्ने बानी छोड्नु होस् । बीबीसी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि