अोली–प्रचण्ड वान टु वान वार्ता सकियो, भोलि संयोजन समितिको बैठक

काठमाडौं, ३ वैशाख :प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार करिब साढे २ घण्टा वान टु वान वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएका थिए । 

kp-oli-prachanda-1700-768x366

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सम्पन्न भएको छ ।

एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन भएको वार्तामा दुई नेताले दुई घन्टा सँगै बिताएका थिए । नेता द्वयको वार्ताले एकता संयोजन समितिको बैठक भोलि मंगलबार बोलाउने सहमति भएको छ । अन्य असमझदारीको विषयमा भने समझदारी जुट्न नसकेको माओवादी निकट स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाका अनुसार भोलि बिहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्नेमा छलफल भयो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरे पनि पछिल्लो समय एकता संयोजन समितिको समेत बैठक हुन सकेको थिएन । कतिपय नेताहरुले ९ गतेको एकता कार्यक्रम अब सम्भव नरहेको र अर्को मिति तोकेर एकता गर्ने बताउन थालेका छन् । जनयुद्ध र चुनाव चिन्हको विवाद सतहमा आए पनि प्रधानमन्त्रीमा आलोपालो र सम्मानजनक एकता नै मुख्य एजेन्डा रहेको एक मा‌ओवादी नेताले बताए ।

दुई पार्टीका शिर्ष नेताबीच एकीकृत पार्टीभित्रको शक्ति सन्तुलनमा को बलियो हुने भन्ने खेलका कारण एकीकरणमा बिलम्ब भइरहेको एक एमाले नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र