February 24, 2018

माओवादीमा गृहका लागि गनगन

 

ad
माओवादीमा गृहका लागि गनगन

 फाल्गुन १२, काठमाणडाैं । बाम गठबन्धनकाे नारा िदएर  एउटै घोषणापत्रमा चुनाव लडेका नेकपा (एमाले) र माओवादी केन्द्रले अझै भागबन्डाको राजनीति भने छाडेका छैनन् । नयाँ सरकारमा एमालेले १० र माओवादी केन्द्रले गृह मन्त्रालयसहित ७ वटा मन्त्रालय पाउनेगरी भागबण्डा भएपछि माओवादीभित्र गृह मन्त्रालय लिन तँछाडमछाड भएको छ ।

माओवादी तर्फबाट सरकारमा जाने वरिष्ठ नेता सबैले गृह मन्त्रालय ताकेर गनगन गर्दै हिडेका छन् । यसरी गनगन गर्ने नेतामा रामबहादुर थापा ‘बादल’, वर्षामान पुन तथा जनार्दन शर्मा देखिएका छन् । रामबहादुर थापा पहिले पनि रक्षा मन्त्री भइसकेको भन्दै उनले गृह मन्त्रालयमा चासो देखाएका छन् । तर, उनलाई उपप्रधानमन्त्री दिए अरू कुनै मन्त्रालय दिँदा पनि चित्त बुझ्ने देखिँदा वर्षामान पुनको गृह मन्त्री हुने सम्भावना बढेको थियो । तर, प्रधानमन्त्री केपी ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएकाले बादल नै गृह हुने चर्चा पुनः बढेको छ । यसअघि गृह मन्त्री रहिसकेका जनार्दन शर्मा पनि गृह मन्त्रालय आफैँले पाउनुपर्नेमा जोड दिइरहेका छन् । तर, बादललाई गृह मन्त्रालय दिएमा शर्माले बादललाई समर्थन गर्ने संकेत पनि देखिएको  छ ।

 पुनले भने आफूले गृह नपाए संघीय संसद्को सभामुखमा उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीलाई दोहोर्याउनुपर्ने लबिङ गर्दैछन् । तर सभामुखमा कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम आउन थालेपछि पुन गृह मन्त्रालय नै लिन जोडबल गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका