२ नम्बर प्रदेशबाट एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठ पनि सहभागी हुने भएका छन् । सचिव योगेश भट्टराई र महिलाबाट पद्मा अर्याल मन्त्री बन्ने चर्चा भएपनि मन्त्रालयको टुंगो लागिनसकेको बताइएको छ ।

लालबाबुको मन्त्रालय नै हरायो
वातावरण मन्त्रालयको जिम्मेवारीबाट लालबाबु पण्डित एकसातामै बिदा हुनुपर्ने भएका छन् । एमाले–माओवादीबीच भएको मन्त्रालय भागबण्डामा वातावरण मन्त्रालय माओवादीको पोल्टामा परेपछि उनी सो मन्त्रालयबाट विदा हुनुपर्ने भएको हो ।
प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाएको थियो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै लालबाबुले सम्हालेको मन्त्रालय विभाजित बनेका र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएको छ भने वातावरण वन मन्त्रालयमा गाभिएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार भएको सहमति अनुसार स्वस्थ्य तथा जनसंख्या एमालेको भागमा परेको छ भने वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । वातावरण मन्त्रालयको जिम्मा पाएसँगै लालबाबुले एक हप्तामै केही सुधारका काम थालिसकेका थिए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण