February 24, 2018

ईश्वर पोखरेल अर्थसहित उपप्रधानमन्त्री बन्ने, लालबाबुको मन्त्रालय ‘गायब

काठमाडौं, फागुन १२ । एमाले महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले पोखरेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा ल्याउने तयारी गरेको स्रोतले बताएको छ ।
पोखरेलसँगै सचिव प्रदिप ज्ञवालीपनि सरकारमा जाने भएका छन् । ज्ञवाली परराष्ट्र वा सञ्चारमध्ये एक मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरि सहभागी हुँदैछन् ।

२ नम्बर प्रदेशबाट एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठ पनि सहभागी हुने भएका छन् । सचिव योगेश भट्टराई र महिलाबाट पद्मा अर्याल मन्त्री बन्ने चर्चा भएपनि मन्त्रालयको टुंगो लागिनसकेको बताइएको छ ।

लालबाबुको मन्त्रालय नै हरायो
वातावरण मन्त्रालयको जिम्मेवारीबाट लालबाबु पण्डित एकसातामै बिदा हुनुपर्ने भएका छन् । एमाले–माओवादीबीच भएको मन्त्रालय भागबण्डामा वातावरण मन्त्रालय माओवादीको पोल्टामा परेपछि उनी सो मन्त्रालयबाट विदा हुनुपर्ने भएको हो ।

प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाएको थियो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै लालबाबुले सम्हालेको मन्त्रालय विभाजित बनेका र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएको छ भने वातावरण वन मन्त्रालयमा गाभिएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार भएको सहमति अनुसार स्वस्थ्य तथा जनसंख्या एमालेको भागमा परेको छ भने वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । वातावरण मन्त्रालयको जिम्मा पाएसँगै लालबाबुले एक हप्तामै केही सुधारका काम थालिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त