February 22, 2018

अब ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आएः हरिवंश

 IMG_20180222_185850
 

सानिमा बैंकले सन्दिप लामिछानेलाई मासिक ४० हजार दिने१० फागुन, काठमाडौं । ‘पहिला पहिला हामीले सचिन तेन्दुलकर नेपाली नि । नेवार हो रे ? भन्थ्यौं कहाँ हुन्छ ? भन्दा तन्डुकार ! पहिले सचिन तन्डुकार, अहिले इण्डियामा गएर तेन्दुलकर भयो । वास्तवमा नेवार हो भनेर अरु देशका मान्छेसँग दाबी गर्थ्याैं ।’

यो बिहीबार क्रिकेटर सन्दिप लामिछानेको सम्मानमा आयोजित कार्यक्रममा चर्चित कलाकार हरिबंश आचार्यले क्रिकेटरहरुको प्रशंसामा खर्चिएका शब्द हुन् ।‘आज हामीले त्यस्तो दाबी गर्नु पर्दैन । सन्दिप लामिछाने हाम्रो नेपाल हो भन्ने दिन आयो’

सानिमा बैंको कार्यक्रममा उद्घोषकले भूलवश मदनकृष्ण आचार्य भनेर सम्बोधन गरेका थिए । हास्यकलाकार हरिवंशले त्यसलाई थप रोचक बनाए ।

हरिवंश श्रेष्ठ भन्दा आफू गर्व लाग्ने गरेको भन्दै उनले एक समय मदनकृष्ण श्रेष्ठ र आफूले जात साट्ने कुरा गरेको सुनाए । ‘आचार्य मदनलाई लिने र श्रेष्ठ मैले लिने ताकि सद्भाव बढोस् भन्ने सोचेका थियौं’ उनले भने ।

राजनीतिक नेतृत्व फितलो भएपछि पारस खड्काले नेपाली क्रिकेटलाई राम्रो नेतृत्व दिएको भन्दै उनले मञ्चमा रहेका राष्ट्रिय टोलीका कप्तानको प्रशंसा गरे ।

कार्यक्रममा कप्तान पारसले सन्दिप आईपीएलमा आवद्ध हुनु ऐतिहासिक क्षण भएको बताए ।

जितपछि पाउने सम्मान राम्रो भएपनि यसलाई संस्थागत गर्न सक्नु पर्ने उनले बताए । यू-१९ खेलेर आएपछि आफूमा अष्ट्रेलिया वा बेलायततिर जाने सोच बनाएको स्मरण गर्दै उनले भने, ‘अहिले जुनियर साथीहरुले कर्पोरेट हाउसहरुले साथ दिँदा हामीलाई कसैले हेरिरहेको छ भन्ने लाग्छ ।’

अबको ५/१० वर्षमा नेपाल टेष्ट नेशन बन्न सक्ने तर, आजैदेखि काम गर्नु पर्ने बताए । उनले अघि भने, ‘सक्दो प्रयास गर्छौं । इमान्दार भएर यहाँसम्म आएका छौं र आगामी दिनमा आफ्नो देशलाई माथि पुर्‍याउन कोसिस गर्छौं ।’

विश्वकप खेलेर आउँदा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य स्वागतका लागि विमानस्थल पुगेको स्मरण गर्दै उनले यसले टिमलाई थप हौसला मिल्ने बताए ।सन्दिपले भर्खर अन्तराष्ट्रिय करियर सुरु गर्दा पाएको सानिमा बैंकको साथले हौसला मिलेको स्मरण गरे ।

कार्यक्रममा बैंकले सन्दिपलाई मासिक रुपमा दिइने रकम दोब्बर पार्ने घोषणा गरेको छ । अब सन्दिपले २ वर्षसम्म मासिक ४० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार