नेपालका लागि कप्तान पारस खड्काले ११२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। खड्काले १०३ बलमा ८ छक्का र ३ चौकासहित ११२ रन बनाएका थिए । उनले अन्तिम ओभरमा तीन छक्का हानेका थिए । दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० तथा ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए।
यस अघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले २७८ रनको लक्ष्य दिएको थियो । ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।
नामिबियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा टस जितेको युएईले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो।
नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरेका थिए । अस्फाक र घुलाम साबेरले बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए। युएईको स्कोर १६३ रन हुँदा नेपालले दोस्रो विकेट लियो। उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए । करन केसीको बलमा लामिछानेले थ्रो गर्दै उनलाई रनआउट गराएका थिए।
युएईको स्कोर २११ रन हुँदा सन्दिपले अस्फाकलाई सिकार बनाएका थिए । शइमान अन्वार ४० रनमा आउट भएका थिए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराएका थिए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए ।
युएर्इका लागि रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिन सफल भएका थिए । सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए। उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।
नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा भएको हो । यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार