February 11, 2018

बामगठबन्धनको सरकार फागुनको दोस्रो साता : महासचिव पोखरेल

 

‘फागुन दोश्रो साताभित्र देशमा बाम गठबन्धनको स्थिर सरकार गठन हुन्छ । त्यसपछि मुलुकमा विकास र समृद्धिले गति लिन्छ’उनले भने । ‘जनाताले बामगठबन्धनलाई दिएको जनमतलाई देउवासरकाले उपेक्षा गरेको छ, निर्वाचन सकिएको लामो समय बितिसक्दापनी नयाँ सरकार निर्माणमा अवरोध सृजना गरिएकोछ’ नेता पोखरेलले भने । ‘नयाँ जनादेश आएपछि त्यसको कदर नगरी उपेक्षा गर्ने काम भएको छ ।’

महासचिव पोखरेलले जनताले स्थिर सरकार र विकासका लागी जनमत दिएको बताउदै बाम गठबन्धन सरकार निर्माण हुनेमा कुनै शंकानरहको बताए ।

प्रतिनिधि सभा सदस्य जगत विकले विकास र समृद्धिको लागी जनताले वाम गठबन्धनलाई निर्वार्चित गरेको बताए । प्रदेश सभाका सांसद जीवन बरालले जनताको वीचमा रहेर समस्या समाधानमा लागी पर्ने बताए ।

‘धर्म संस्कृतिको जर्गेना र पर्यटन’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छ्र्रेद्धारा आयोजित महाशिवरात्री महामेलाको शनिबार उद्घाटन गरिएको छ ।

मेलामा खुल्ला भलिवल प्रतियोगिता, गाउँपालिकास्तरिय नौमती बाजा प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोपउन्मुख भदौरे भाखा (हुरी गीत) प्रतियोगिता, नौमति बाजामा नृत्य प्रतियोगिता, हास्य कलाकारका विभिन्न प्रस्तुति, राष्ट्रिय तथा स्थानिय कलाकारहरुका अन्य प्रस्तुति साथै विभिन्न सांस्कृतिक तथा पुरातात्विक स्थलहरुको अवलोकन गराइने आयोजकले जनाएकोछ ।

लाहाचोकमा जेष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिक स्थलहरुको जर्गेना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकतालाई पछ्याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको संयोजक पानबहादुर जिसीले बताए । मेलाको ७० हजार दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना