
काठमाडौं । नेपाल बुटबल पावर कम्पनी र नेपाल धितो पत्र बोर्डले सर्वसाधारण जनताको आँखामा खोर्सानी हालेर एफपीओ जारी गरेको कुरा वीपीसीएल स्वयम्बाट पर्दाफास भएको छ । वीपीसीएलले सार्वजनिक गरेको विवरण अनुसार उसले तीन वर्षको प्रक्षेपण मात्रै देखाएको छ ।तर, वीपीसीएलको एफपीओका बारेमा विभिन्न संचार माध्यममा प्रकाशित समाचारलाई खण्डन गर्ने क्रममा वीपीसीएलले आफ्नो कम्पनीले पाँच वर्षको प्रक्षेपण गरेको ठाडै झुठो कुरा प्रचार गरेको केही दैनिकमा प्रकाशित (खण्डन) विज्ञापनमा उल्लेख छ । वीपीसीएलले तीन वर्ष अर्थात् सन् २०१९/२० सम्मको मात्र प्रक्षेपण गरेको तथ्य सार्वजनिक भएको थियो ।

संचार माध्यमहरुले वीपीसीएलको संकट सन् २०२०/२१ बाट शुरु हुने दावी गरेका छन् । तर, संचार माध्यमको आलोचना गर्दै प्रकाशित विज्ञापनमा ५ बर्षको प्रक्षेपण गरेको झुठो दाबी वीपीसीएल गरेकोमा शेयरबजारमा तीब्र आलोचना हुन थालेको छ । नेपाल धितो पत्र बोर्डसंग मिलेमतो गरी झुठो विवरण सार्वजनिक गरेर एफपीओ जारी गर्न वीपीसीएल सफल भएतापनि सर्वसाधारणले भने वीपीसीएलको एफपीओप्रति शंका ब्यक्त गर्दै निवेदनमा चासो नै दिएका छैनन् धितोपत्र ऐन, २०६३ र धितो पत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को ठाडो उल्लंघन गरेकाले शेयर बजारमा वीपीसीएलको आलोचना हँुदै आएको छ । ऐन, नियम कुल्चिएर ब्यक्तिगत स्वार्थका लागि नेपाल धितो पत्र बोर्डले मनपरी निर्णय गर्ने गर्दा सर्वसाधारण र अन्डरराइट गर्ने संस्था नै अहिले जोखिममा पर्ने चिन्ताले छटपटीमा पर्न थालेका छन् ।

शेयर बजारका जानकारहरुका अनुसार, नेपाल धितो पत्र बोर्डका पदाधिकारीहरुले वीपीसीएलका साहुजीहरुको प्रभावमा परी शुभलाभ हात पारेर उसको वित्तिय विवरणतर्फ आँखा चिम्लिएर एफपीओ जारी गर्ने अनुमति दिंदा अहिले आलोचनाको भारी बोक्दैछ । जे जसरी भए पनि धितोपत्र सम्बन्धी ऐन, नियम, सार्वजनिक भएका कम्पनीको तथ्य, कागज पत्र, विवरण सबै अध्ययन गर्दा एफपीओमा वीपीसीएलले शेयर किन्नेहरुलाई ठग्ने नै उद्देश्य बोकेको स्पष्टरुपमा देखिन्छ ।
यो अवस्थामा एफपीओ सफल भए शेयरधनी डुब्छन्, असफल भए अन्डरराइट गर्ने माथि उल्लेखित आठवटा वित्तीय संस्था र यिनका लगानीकर्ता डुब्ने दावी शेयर बजारका जानकारहरुको रहेको छ । वीपीसीएलको एफपीओ अन्डरराइट गर्ने वित्तीय संस्थाहरुमा एनएमबी क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबीएल क्यापिटल मार्केट्स लि., ग्लोबल आईएमई क्यापिटल लि., ग्लोबल आईएमई समुन्नत योजना–१, नबिल इन्भेष्टमेन्ट बैंकिङ लि., नबिल ब्यालेन्स फण्ड–१, नबिल इक्वीटी फण्ड रहेका छन् । वीपीसीएलको एफपीओबाट अब को को डुब्ने हुन्, २०७४ फागुनको पहिलो हप्तातिर छर्ल¨ हुनेछ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति