बीबीसी -सेना सङ्ख्याका हिसाबले भारत विश्वको तेस्रो स्थानमा छ भनिन्छ । यसको सीधा अर्थ हो–सेनाको जनशक्ति (सङ्ख्या) धेरै छ ।
सेनाको सङ्ख्या बढी हुँदैमा कुनै सेना शक्तिशाली हँुदैन । विशेषज्ञहरूको भनाइअनुसार सैनिकको धेरै सङ्ख्या सेनाका लागि बोझ हो । भारतको सन्दर्भलाई हेर्ने हो भने पनि यस्तै कुरा भनिँदै आएको छ ।
इन्स्टिच्युट फर डेफेन्स स्टिडिज एन्ड एनालाइसिस (आईडीएसए) का लक्ष्मणकुमार बेहराका अनुसार भारत आफ्नो बजेटको जति पैसा रक्षामा लगाउँछ, त्यसको ९० प्रतिशत सेनामा खर्च हुन्छ । यसको तात्पर्य हो, बजेटको थोरै हिस्सा मात्र सेनालाई आधुनिकीकरण गर्नमा खर्च गर्नका लागि बचत हुन्छ । भारतीय सेनाको सङ्ख्या करिब १४ लाख छ । चीन आफ्ना सैनिकको सङ्ख्यामा निरन्तर कटौती गरिरहेको छ ।
जुलाई २०१७ मा चीनको सरकारी सञ्चार माध्यमले जनाएअनुसार पिपुल लिबरेसन आर्मीको सङ्ख्यामा धेरै कटौती हुनेछ । चीन २० लाखको सङ्ख्या भएको सेनालाई सन्तुलित बनाउने कोसिमा लागेको छ ।
कति कमी आयो चिनियाँ सेनामा
यस रिपोर्ट अनुसार चीन सैनिकको सङ्ख्या घटाइरहेको छ तर नेवी, मिसाइल शक्ति र रणनीतिक क्षमतालाई व्यापक रूपमा विस्तार गरिरहेको छ । चिनियाँ आर्मीको मुखपत्र पीएलए डेलीका अनुसार ऐतिहासिक रूपमा पहिलो पटक सैनिकको सङ्ख्या १० लाखभन्दा कम बनाइने छ ।
रिपोर्टका अनुसार चिनियाँ आर्मीमा व्यापक रूपमा सुधारको प्रक्रिया जारी छ । पीएलए डेलीको रिपोर्टमा भनिएको छ, ‘नेवी, रकेट फोर्स र रणनीतिक क्षमतालाई बढाइने छ । एयरफोर्समा जवानहरूको कटौती हुने छैन ।’ चीनको रक्षा मन्त्रालयको आँकडाका अनुसार २०१३ मा ८ लाख ५० हजार लडाकु थिए । अहिलेसम्म सैनिकहरूको सङ्ख्या कति हुने भन्ने प्रष्ट छैन ।’
चीनले १९८० को दशकबाट नै सेनाको आधुनिकीकरणको साथसाथै सङ्ख्यालाई पनि सन्तुलित गर्न सुरु गरेको थियो । यसपछि पीएलएको सङ्ख्यामा कैयाँै पटक कटौती गरियो । एक रिपोर्टका अनुसार चीनले १९८५ मा सैनिकको सङ्ख्या १० लाख घटाएको थियो । १९९७ मा ५ लाख र २००३ मा २ लाख जनशक्तिलाई कम गरेको थियो । पछिल्लो समयमा २०१५ मा चीनले आफ्नो आर्मीबाट ३ लाख मेनपावर कम गरेको छ ।
सेन्ट्रल मिलिटिरी कमिसन चीनका सबै आम्र्ड फोर्सेसलाई नियन्त्रण गर्छ । सीएमसीले एक पटक फेरि सङ्ख्यामा कटौती गर्ने भनेको छ । जनवरी २०१६ मा सीएमसीले चीनको सेनामा सुधारलाई लिएर एउटा दस्तावेज प्रकाशित गरेको थियो । यसले चिनियाँ सेनाको आधुनिकीकरणको लक्ष्य २०२० सम्म राखेको छ । यस दस्तावेजमा के लेखेको छ भने चिनियाँ सेनालाई ठूलो आकारमा गुणात्मक सुधारतर्फ लैजानु छ । सीएमसीको भनाइ छ ‘नन् कम्बेटिङ मेनपावरमा अझ कटौती गरिनेछ ।’
पैसा कहाँ खर्च गर्दै छ चीन ?
चीन सैनिकको सङ्ख्या आखिर किन कम गरिरहेको छ ? आईडीएसएका लक्ष्मणकुमार बेहरा भन्छन्– ‘यो सही कुरा हो, चीनले सैनिक जनशक्ति निरन्तर कटौती गरिरहेको छ । चिनियाँ सेनाको यो आधुनिकीकरणका हिस्सा हो । चीन मेनपावरमा खर्च कम गरेर आधुनिकीकरण र प्रविधिमा बढी जोड दिइरहेको छ । कुनै पनि देशको सैन्य शक्तिको आँकलन सैनिकहरूको सङ्ख्याको बलको आधारमा गर्न सक्दैनौँ ।’
बेहरा भन्छन्– ‘कुनै देशको आर्मी कति बलियो छ, यसको निर्धारण फाइटर प्लेन, युद्धपोत, आधुनिक पनडुब्बी, मिसाइल, कृत्रिम खुफिया क्षमता, स्पेस र साइबर वारमा विशेषज्ञता र आधुनिक प्रशिक्षणसँग हुन्छ । भारत सरकार रक्ष क्षेत्रमा जति बजेट खर्च गर्छ, त्यसको ९० प्रतिशत त मेनपावरको तलबमा र पेन्सनमा खर्च हुन्छ । चीनले पछिल्लो दुई दशकमा आफ्नो सेनाको सङ्ख्यामा धेरै कटौती गरेको छ । के थाह भने चीनको अर्थव्यवस्था भारतको भन्दा धेरै बढी छ, यस्तो अवस्थामा भारतीय सेनाको आधुनिकीकरणलाई लिएर सजग रहन आवश्यक छ ।’
मोदी सरकारमा मनोहर पर्रिकर रक्षामन्त्री थिए, उनले सेनामा सुधारका लागि लेफ्टिनेन्ट जनरल शेकटकरको अध्यक्षतामा एक कमिटी बनाएका थिए ।
यस कमिटीले जम्मा ९९ सिफारिस गरेको थियो । सरकारले ६५ प्रतिशत सिफारिसलाई २०१९ सम्म लागू गर्ने वाचा गरेको छ । यस कमिटीले पनि सेनाको सङ्ख्यालाई लिएर चिन्ता व्यक्त गरेको छ ।
के भनिन्छ भने चीन सोभियत युगको सेनाको रूपरङबाट बाहिर निस्किसक्यो । डिसेम्बर २०१५ मा चीनले पीएलए स्ट्राटेजिक सपोर्ट फोर्स बनाउने घोषणा गरेको थियो । यो चीनको एक स्वतन्त्र बल हो, जसमाथि सीएमसीको नियन्त्रण छ । यस नयाँ फोर्सको लक्ष्य पीएलएको स्पेस, साइबर शक्ति उपलब्ध गराउनु हो । यसको साथै पीएलएलाई कृत्रिम इन्टिलिजेन्स ताकत युक्त बनाउनु हो ।
चिनियाँ सेनाको तीव्र रूपमा आधुनिकीकरण
२०१५ मा चीनको रक्षामन्त्रालयका एक प्रवक्ताले भनेका थिए– ‘सैनिकको सङ्ख्यामा कटौती सेनाको क्षमता र उनको संरचनालाई आधुनिक बनाउनका लागि गरिँदै छ, यसबाट आर्मीलाई अझ प्रभावशाली, वैज्ञानिकका साथै आधुनिक बनाइनेछ ।’
चीनको यो उद्देश्यमाथि क्यानबरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा नेसनल सिक्युरिटी कलेजका प्रमुख प्रोफेसर रारी मेडकाफले न्युयोर्क टाइम्ससँग भनेको थिए– ‘चीनको यो कटौतीबाट क्षेत्रीय चिन्तमा कमी आउने आसा गर्नु हुँदैन, किन कि उसले आफ्नो सेनालाई आधुनिक बनाइरहेको छ । उसले आफ्नो सेनालाई पारम्परिक ढाँचाबाट निकालेर आधुनिक साँचोमा परिवर्तन गरिरहेको छ ।’
प्रोफेसर मेडकाफको भनाइ छ, ‘सैन्य बजेटको धेरै रकम सैनिकको तलबमा खर्च हुन्छ, हालका वर्षमा चीनले सेनाको तलब धेरै बढाएको छ । यस्तोमा सेनाको आधुनिक बनाउनका लागि चीनले यो कदम उठाएको हो ।’
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,