February 3, 2018

सिद्धान्त र विचारका आधारमा मात्र पार्टी एकीकरण – ईश्वर पोखरेल

 

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताएका छन् ।

नेपाल राष्ट्रिय वाणिज्य संघको शुक्रबार यहाँ आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताए ।

अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उनले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिए ।

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गरे ।

एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताए ।

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औँल्याए ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४०० प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा