January 30, 2018

नर्सिङ होमकाे लापरवाही : पत्थरीकाे अप्रेशन गर्दा आन्द्रामा प्वाल

 

पित्तथैलीमा पत्थरी भएपछि पत्थरी निकाल्नका लागि उनलाई विराटनगर स्थित बिराट नर्सिङ होममा लगिएको थियो । त्यहाँ उनको पत्थरी निकाल्न पित्तथैलीको शल्यक्रिया गर्दा अान्द्रामा प्वाल बनाई दिएकाले उनको जीवन अझ जोखिममा पुगेको छ ।

पीडित आशिका लिम्बुलाइ पत्थरीको शल्यकृया गर्न पुस १३ गते बिराट नर्सिङ होममा भर्ना गरिएको थियो । शल्यक्रिया बिराट होमका प्रसिद्ध डा. आर. के. सिंहले गरेका हुन् । शल्यक्रिया गरेको दोस्रो दिन बिरामी गम्भिर भई पुनः चेकजाँच गरियो । त्यसक्रममा आन्द्रामा प्वाल परेको र पुन शल्यक्रिया गर्दा आन्द्रा कुहिएको पाइएको नरसिंङ होमका डाक्टरहरुले बताएको पिडितका पति कृष्ण बहादुर लिम्बुले सञ्चारकर्मीहरुलाई बताए ।

नर्सिङ होममा भर्ना गर्दा गरिएको सबै परीक्षणहरुमा पित्तथैलीमा पत्थरी भएको बताइएको थियो । त्यस बेला गरिएका परीक्षणमा पीडित लाई पत्थरी बाहेक अन्य रोग भएको तथा थप शल्यक्रिया गर्नुपर्ने केही भनिएको थिएन । पित्तथैलीको शल्यक्रिया गरेपछि शल्यक्रिया गर्ने सर्जनको चरम लापरवाहीले अन्द्रामा प्वाल परेपछि अहिले आन्द्रको रोग भएको देखाउन थालेको पीडित पक्षले बताएका छन् ।

पीडितका पति लिम्बुका अनुसार बिरामी पत्निको पुन पेट खोली आन्द्रा समेत सफा गर्ने कार्य भएको उनीहरुलाई बताइयो । विरामीको दोहोर्याएर शल्यक्रिया गरेपछि आफन्तहरुले सोधपुछ गर्दा स्ट्रेश अल्सर भएको बताइएको छ । तर, यस अघि विरामीको आन्द्रा सम्बन्धी कुनै रोग भएको भने उनिहरुले बताएका थिएनन् । तथापी बिरामीको जीवनको सवाल भएकोले बिराट नर्सिङमै उपचार जारी राखेकोमा बिरामीको अवस्था दिनदिनै नाजुक भएकोले रिफर गरेर हाल गम्भिर अवस्थामा वीपी प्रतिष्ठानमा भर्ना गरी आईसियुमा राख्नु परेको पीडित परिवारले जनाएको छ । हाल सम्म उपचार गर्दा २० लाख खर्च भैसकेको पीडितका श्रीमान लिम्बुले बताए ।

पत्रकार सम्मेलन मार्फत पिडितका आफन्तहरुले बिराट नर्सिङ होमको लापरवाहीले पीडित लिम्बुको जीवन गम्भिर जोखिममा पारेकोप्रति आक्रोश ब्यक्त गर्दै त्यस्को क्षतिपूर्ति बिराट नर्सिङ होमले तिर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि